एनवाइसिनेपालन्युज संवाददाता
तीन हजार दर्शक क्षमताको म्यानह्याट्नको टर्मिनल फाइभ खचाखच भरिएको थियो।

नेपथ्य र अमृत गुरुङ हेर्न टिन एजर्सदेखि पाका उमेरका मानिस टर्मिनल फाइभ पुगेका थिए। जोशिलाहरु ग्राउण्ड फ्लोरमा थिए। पाकाहरु दोस्रो र तेस्रो तलाबाट अमृत गुरुङसँग स्वर खापिरहेका थिए। न्यू योर्कमा यति ठूलो संख्यामा दर्शक ओरिएको यो ऐतिहासिक कन्सर्ट हो। आयोजक इसेन्स स्माइल्सकी सुलोचना गुरुङले भोलिन्टियर र फ्रि पास बाहेक कम्तिमा दुई हजार ५०० टिकट बिक्री भएको अनुमान गरिन्। उनले बिक्रि भएको टिकट गणना गरिरहेको बताइन्।
न्यू योर्कमा यति ठूलो संख्यामा दर्शक ओरिएको यो ऐतिहासिक कन्सर्ट हो।
निर्धारित तालिका अनुसार अगष्ट ३० बेलुकी ठीक सात बजे हलका ढोका खुलेका थिए । दर्शको भीड ब्यबस्थापन गर्न कार्यक्रम सुरु हुनु दुई घण्टा अघि ढोका खोलिएको थियो। कन्सर्ट सभा नौ बजे सुरु भएर सभा ११ बजे टुङ्गिएको थियो।

कन्सर्टमा गायक गुरुङले नयाँ पुराना चर्चित गीत गाएका थिए। दर्शकले सबै गीतमा स्वर खापेर साथ दिएका थिए । ‘नेपाली जहाँ गए पनि भाषाले हामीलाई आपसमा बाँधेको छ,’ अमृतले अनुरोध गरे, ‘यो भाषालाई भावी सन्ततिसम्म विस्तार गरौँ है ।’
न्यू योर्कमा नेपालीभाषी समुदायको एक
ताबद्ध जीवन्त उपस्थिति देख्नपाउँदा खुसी लागेको अमृतले उल्लेख गरे । कार्यक्रममा अमृतले पटक पटक स्वदेश घुम्नुपर्ने आह्वानलाई दोहोर्याए । कन्सर्टमा मुख्य गायक अमृतबाहेक ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले एक एक वटा सोलो प्रस्तुति पनि दिएका थिए।
यस वर्ष कोलोराडोको डेनभरबाट सुरु भएको अमेरिका यात्रा त्यसपछि क्रमशः क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्को, ओहायो राज्यको कोलम्बस, टेक्सासको डालास, न्युयोर्क, मेरिल्यान्ड र अन्त्यमा पेन्सिलभानियाको ह्यारिसबर्गमा प्रस्तुत भएपछि अब ब्यान्ड स्वदेश फर्कने तयारीमा जुटेको छ ।






प्रतिक्रिया