२१ कात्तिक २०८२, बिहिबार
Thu, Nov 6, 2025
SUBSCRIPTION

न्यूयोर्क सिटी मेयरको प्रारम्भिक मतदान सुरु, पहिलो दिन झण्डै असी हजारद्धारा मतदान

निर्वाचन बोर्डको तथ्याङ्क अनुसार, प्रारम्भिक मतदानको पहिलो दिन करिब ८० हजारले मतदान गरेका छन् । यसअघि सन् २०२१ मा भएको सिटी चुनावमा प्रारम्भिक मतदानको पहिलो दिन १५ हजार ४ सय १८ ले मतदान गरेकोमा यो वर्ष चार गुणा बढी रहेको छ।
न्यूयोर्क सिटी मेयरको प्रारम्भिक मतदान सुरु, पहिलो दिन झण्डै असी हजारद्धारा मतदान

न्यूयोर्क । न्यूयोर्क सिटीको मेयर निर्वाचनको प्रारम्भिक मतदान शनिबारदेखि सुरु भएको छ।  सिटीको पाँचवटै बोरोमा तोकिएको केन्द्रहरूमा भएको मतदानको पहिलो दिन नै हालसम्मकै किर्तिमानी मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ । 
निर्वाचन बोर्डको तथ्याङ्क अनुसार, प्रारम्भिक मतदानको पहिलो दिन करिब ८० हजारले मतदान गरेका छन् । यसअघि सन् २०२१ मा भएको सिटी चुनावमा प्रारम्भिक मतदानको पहिलो दिन १५ हजार ४ सय १८ ले मतदान गरेकोमा यो वर्ष चार गुणा बढी रहेको छ।
निर्वाचन बोर्डका अनुसार शनिबार पहिलो दिन म्यानहटनमा मात्र २४ हजार ४६ मतदाताले मतदान गरेका छन् । यस्तै ब्रुकलिनमा २२ हजार १ सय ५, क्वीन्समा १९ हजार ४५ ब्रोंक्समा ७ हजार ७ सय ९३ र स्टेटन आइल्याण्डमा ६ हजार ४ सय २० मतदाताले मतदान गरेका छन् । यसरी पहिलो दिन कुल ७९ हजार ४ सय ९ मतदाता मतदानमा सहभागी भएका छन्। 
न्यूयोर्क सिटीको आम निर्वाचनमा मेयरसंगै सिटी कन्ट्रोलर, पब्लिक एडभोकेड, बोरो प्रेसिडेन्ट, डिस्ट्रिक्ट अटोर्नी र सिटी काउन्सिल मेम्बरहरुको निर्वाचन हुँदैछ । न्यूयोर्कसिटीको मेयरमा डेमोक्रेटिक पार्टीका जोहरन माम्दानी, रिपब्लिकन पार्टीका कर्टिस स्लिवा र स्वतन्त्र उम्मेद्धार पूर्व गभर्नर एन्ड्र्यु कुमो चुनाबी प्रतिस्पर्धामा छन् । डेमोक्रेटिक प्राइमरीमा माम्दानीले क्युमोमाथि ४४% विरुद्ध ३६% मत ल्याउँदै जीत हालिस गरेपछि कुमो स्वतन्त्र उम्मेद्धारको रुपमा चुनाबी मैदानमा उत्रेका हुन् । मत सर्वेक्षणहरुमा डेमाक्रेटिक उम्मेद्धार माम्दानी अन्य प्रतिस्पर्धी भन्दा अग्रता कायम गर्दै आएका छन् । 
पहिलो दिनको मतदानमा सहभागि हुने मतदाताहरुले शहरमा परिवर्तनको आवश्यकता रहेको बताएका छन्। कतिपय मतदाताले सबै प्रमुख दलहरूबाट निराशा व्यक्त गरे भने धेरैले डेमोक्र्याटिक सोसियालिस्ट मामदानीको अभियानलाई समर्थन गरेका छन्।

प्रतिक्रिया