न्यू योर्क। डेमोक्रेटिक पार्टीको नेता तथा न्यूयोर्क स्टेट डिष्ट्रिक्ट ३० का एसेम्ब्ली मेम्बर स्टेभेन रागाले आफ्नो नयाँ कार्यालयको उद्घाटन गरेका छन्। समुदायको सेवालाई केन्द्रित गरेर ६०–१० क्वीन्स बुलभर्ड, उडसाइड क्वीन्समा आज रिबन कटिङ सेरेमनी गरेर (रिबन काटेर) नयाँ कार्यालय उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा एसेम्ब्ली मेम्बर रागाले आफ्नै कार्यालयका कर्मचारीहरु र अन्य कार्यालयका प्रतिनिधीहरुको साथमा ससंयुक्त रुपमा रिबन काटेर उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै एसेम्ब्ली मेम्बर रागाले समुदायलाई पुर्याउनुपर्ने सहयोगलाई अझ प्रभावकारी बनाउनको लागि समुदायसँग हातमालो गरेर अगाडि बढ्ने बताए । उद्घाटन कार्यक्रममा उपस्थित भई सफल बनाउन सहयोग गरेको भन्दै समुदायको प्रतिनिधीहरु, निर्वाचित कार्यालयका प्रतिनिधीहरु, समुदायका सदस्यहरु, क्वीन्स चेम्बर तथा कार्यालयका कर्मचारीहरुलाई धन्यवाद व्यक्त गरे ।
एसेम्ब्ली मेम्बर रागाले नेपाली समुदायका प्रतिनिधीहरुको उपस्थितिमा संयुक्त रुपमा रिबन काटेर कार्यक्रममा थप नयाँ प्राक्टिस गरिएको थियो ।

कार्यक्रममा नेपाली समुदायको विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको उल्लेख्य सहभागिता थियो । कार्यक्रमको शुरुवातमा नै नेपाली समुदायका प्रतिनिधीहरुले एसेम्ब्ली मेम्बर रागालाई खादा ओढाएर बधाई दिएका थिए । कार्यक्रममा नेपाली, फिलिपिनो, वंगालादेशी लगायत समुदायका प्रतिनिधीहरुको उल्लेख्य सहभागीता थियो ।








प्रतिक्रिया