२१ कात्तिक २०८२, बिहिबार
Thu, Nov 6, 2025
SUBSCRIPTION

सिन्धु युएसए वेलफेयर सोसाइटीले सिन्धु दीपावली साँझ २०२५ आयोजना गर्दै

सिन्धु समाजले लामो समयदेखि सिन्धुपाल्चोकमा रहेका अनाथ तथा असहाय बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्दै आएको छ।
सिन्धु युएसए वेलफेयर सोसाइटीले सिन्धु दीपावली साँझ २०२५ आयोजना गर्दै

 

न्यू योर्क। सिन्धु युएसए वेलफेयर सोसाइटी इंकको आयोजनामासिन्धु दीपावली साँझ २०२५आयोजना हुँदेछ सोसाइटीको १५औं वार्षिकोत्सव तथासिन्धु दीपावली साँझ २०२५ आउने शनिबार, अक्टोकर १८ मा न्यू योर्कको ज्याक्सनहाइटमा अवस्थित गुल्शन ट्यारेस हलमा हुन लागेको हो  

जीवनका लागि शिक्षाभन्ने मूल नाराका साथ आयोजना गर्न लागेको कार्यक्रमलाई सोसाइटीले वार्षिक प्रमुख सांस्कृतिक तथा सामाजिक कार्यक्रमका रूपमा मनाउँदै आएको छ। दीपावली साँझलाई विशेष पर्व सामुदायिक उत्सवका रूपमा मनाउने तयारी भइरहेको आयोजकले जनाएको छ।

सिन्धु समाजले लामो समयदेखि सिन्धुपाल्चोकमा रहेका अनाथ तथा असहाय बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्दै आएको छ।  सिन्धु समाजले यो अभियानलाई अझ प्रभावकारी बनाउनका लागि सहयोगी मनहरुलाई हातेमालो गरिदिन सम्पूर्ण शुभेच्छुक, दाताहरू समुदायका सदस्यहरूलाई आग्रह गरेको छ।

सिन्धु युएसए वेलफेयर सोसाइटीका उपाध्यक्ष लकेश श्रेष्ठले यो कार्यक्रमले समाजको शैक्षिक सामाजिक उद्देश्यलाई सुदृढ पार्ने उद्देश्य राखेको जानकारी दिए दीपावली साँझलाई अझ आकर्षक, सांगीतिक मनोरञ्जनात्मक बनाउने तयारी गरेको श्रेष्ठको भनाइ साँझ बजेदेखि शुरु कार्यक्रम रातको बजे सम्म चल्नेछ। 

समाजले कार्यक्रमलाई रोचक, आकर्षक सफल बनाउनका लागि नेपाली समुदायका सदस्यहरु समाजसेवी, कलाकारहरूलाई अनुरोध गरेको छ। 

सिन्धु समाजले कार्यक्रममार्फत नेपाली समुदायबीच एकता, संस्कृतिको संरक्षण सामाजिक उत्तरदायित्वप्रति जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखेको जनाएको छ।

प्रतिक्रिया