२१ कात्तिक २०८२, बिहिबार
Thu, Nov 6, 2025
SUBSCRIPTION

न्यूयोर्क सिटी मेयर कार्यालयले ब्वोलिङ ग्रीन पार्कमा अक्टोबर १८ मा नेपालको राष्ट्रिय झण्डा फहराउने

न्यूयोर्क सिटी मेयर कार्यालयले ब्वोलिङ ग्रीन पार्कमा अक्टोबर १८ मा नेपालको राष्ट्रिय झण्डा फहराउने

 

न्यू योर्क। न्यूयोर्क सिटी मेयर कार्यालयले नेपालको राष्ट्रिय झण्डा फहराउने समारोह गर्दैछ।  मेयर कार्यालयले वर्ष पनि न्यूयोर्क सिटीको मुटु म्यानहट्टनस्थित ब्वोलिङ ग्रिन पार्कमा अक्टोबर १८ शनिवार दिउँसो १२ः३० बजे नेपालको राष्ट्रिय झण्डा फहराउने कार्यक्रम गर्न लागेको हो कार्यक्रममा न्यूयोर्क सिटीका मेयर एरिक आडम, न्यूयोर्कस्थित नेपालका महावाणिज्यदूतले संयुक्त रुपमा नेपालको झण्डा फहराउने छ। 

न्यूयोर्क सिटी मेयर कार्यालयले नेपालको समृद्ध ईतिहास, कला, साँस्कृतिक विविधता विश्वभर रहेका नेपालीहरूको योगदानप्रतिको सम्मानको प्रतिकको रुपमा नेपालको राष्ट्रिय झण्डा फहराउने समारोह आयोजना गर्दै आएको छ।

यो समारोहले सबै नेपालीहरुलाई एउटै झण्डामुनि एकवद्ध भएर एउटै पहिचान एउटै आवाजका रूपमा नेपालका लागि एकताबद्ध होऔँ भन्ने सन्देश दिनेछ  

साथै सम्पूर्ण नेपालीहरूलाई राष्ट्रिय एकता, प्रेम साझा जिम्मेवारीको भावना प्रकट गर्न प्रेरित गर्ने विश्वास आयोजकले लिएको  

कार्यक्रम संयोजक अमित प्रताप शाहले यो समारोह केवल झण्डा फहराउने दिन मात्र नभएर यो हाम्रो समुदायको एकता, सहकार्य नेपालप्रतिको माया प्रकट गर्ने ऐतिहासिक क्षण भएको बताए नेपालमा जेनजी पुस्ताको आन्दोलनले ल्याएको चेतनालाई सम्मान गर्दै हामी प्रवासी नेपालीहरूले पनि परिवर्तन पारदर्शिताप्रति आफ्नो प्रतिबद्धता देखाउन चाहन्छौँ, संयोजक शाहले भने

एनवाइसी नेपाल न्युजसँगको कुराकानीमा शाहले भने, न्यूयोर्क सिटीको आकाशमाथि जब नेपालको रातो चन्द्र सुयं अंकित झण्डा फहराइनेछ, त्यो क्षण सम्पूर्ण प्रवासी नेपालीहरूको हृदयमा मातृभूमिप्रतिको माया, समर्पण गौरवको भावना जगाउने छ। नेपाल अमेरिका दुई देश बीचको आपसी सम्बन्धलाई अझ सुमधुर प्रगाढ बनाउनको लागि पनि यो समारोहको आयोजना गरेको संयोजक शाहको भनाई  

कार्यक्रममा विभिन्न अमेरिकी अफिसरहरु, नेपाली जेनजी पुस्ताका प्रतिनिधिहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उनीहरूले नेपाली समुदायको योगदान, युवापुस्ताको नेतृत्व, पारदर्शिता समावेशी नेपाल निर्माणका विषयमा विचार व्यक्त गर्नेछन्

समारोहमा जेनजी पुस्ताले गरेको आन्दोलनमा सहादत प्राप्त गरेका वीर शहिदहरु तथा पीडितहरुप्रति समर्पित गर्दै रिजउड नेपाली समाज, मिथिला सेन्टर युएसएका बालबालिकाहरुले नेपाली संस्कृति झल्कने विशेष नृत्य रतथा संगीत प्रस्तुत गर्नेछन्  

यो ऐतिहासिक अवसरमा सहभागी भई नेपालको राष्ट्रिय गौरव, एकता पहिचानमा गर्व महसुस गर्न शाहले नेपाली समुदायलाई अनुरोध गरेको छ। 

प्रतिक्रिया