०२ भदौ २०८३, मङ्गलबार
Tue, Aug 18, 2026
SUBSCRIPTION

चिनियाँ सामानमा शतप्रतिशत भन्सार महशूल लगाउने घोषणा

चिनियाँ सामानमा शतप्रतिशत भन्सार महशूल लगाउने घोषणा

न्यू योर्क। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सबै सामानमा शतप्रतिशत (१००%) अतिरिक्त आयात शुल्क (ट्यारिफ) लगाउने घोषणा गरेका छन्। उनले सोसल मिडिया प्लेटफर्म ‘ट्रुथ सोसयल’मा यस्तो घोषणा गरेका हुन्।

शतप्रतिशत अतिरिक्त आयात शुल्क नोभेम्बर १ देखि लागू हुने ट्रम्पको भनाई छ। साथै, उनले अमेरिकाले आवश्यक सफ्टवेयर निर्यातमा पनि नियन्त्रण सुरु गर्ने भनेका छन्।

चीनले दुर्लभ खनिज ‘रेयर अर्थ मेटल’ को निर्यातमा कडाइ गरे लगत्तै ट्रम्पको यो घोषणा आएको हो। चीनको यस्तो ब्यवहारप्रति शुक्रबार ट्रम्पले “शत्रुतापूर्ण रवैया” अपनाएको र विश्वलाई “आफ्नो वशमा राख्ने प्रयास” गरेको आरोप लगाएका थिए।

विश्वभरि प्रयोग हुने लगभग ९० प्रतिशत ‘रेयर मेटल’ को प्रशोधन चीनले मात्र गर्छ। यसको प्रयोग सौर्य ऊर्जा प्यानल, स्मार्टफोन, इलेक्ट्रिक कार, र अन्य उच्च-टेक उपकरणहरू निर्माण गर्न अत्यावश्यक पर्छ। रेयर अर्थ १७वटा धातुगत तत्वहरूको समूह हो, जुन आधुनिक प्रविधि र उद्योगका लागि अपरिहार्य मानिन्छ।

 

प्रतिक्रिया