न्यु योर्क। दोश्रो एनवाइसी क्वीन्स कराते च्याम्पियनसिप आउने नोभेम्बर २३ तारिखमा हुँदैछ।
आइएमए निहोन कराते डो युएसएको आयोजनामा एल्मकोर सेन्टर, नर्दर्न ब्लुभार्ड, कोरोना क्विन्स न्यूयोर्कमा च्याम्पियनसिप हुन लागेको हो।
आइएमए निहोन कराते डो युएसएले गएको वर्ष देखि यो च्याम्पियनसिप आयोजना गर्दै आएको छ।
आइएमए निहोन कराते डो युएसएका संस्थापक, प्रमुख प्रशिक्षक एवं च्याम्पियन्सिप निर्देशक सिहान शान्त थोकरले एक विज्ञप्ति जारी गर्दै एनवाइसी क्वीन्स कराते च्याम्पियनसिप २०२५ नोभेम्बर २३ तारिख आइतबार आयोजना हुने घोषण गर्न पाउँदा पाउँदा हर्षित भएको जनाएको हो
विज्ञप्तिमा च्याम्पियन्सिप निर्देशक थोकरले अमेरिकाको न्यु योर्क राज्यको क्वीन्समा अन्तर्राष्ट्रिय खेलाडीहरूलाई एकताबद्ध गर्न दोस्रो प्रयास भएमे उल्लेख गरेको छ ।
थोकरका अनुसार यो प्रिमियर मार्शल आर्ट कार्यक्रमले संयुक्त राज्य अमेरिका र विदेशबाट सबै उमेर र स्तरका कराते खेलाडीहरूलाई एकै टाउँमा ल्याउनेछ।
च्याम्पियनसिप च्याम्पियनसिपको अघिल्लो दिन नोभेम्बर २२ मा रेफ्री सेमिनार हुने छ।
सेमिनारमा विश्व कराते महासंघ डब्लुकेएफका रेफ्री सेड्रिक बाक्र्सडलले प्रशिक्षण दिने छ।
सेमिनारले रेफ्रीको स्तर बढाउनुका साथै प्रतिस्पर्धामा निष्पक्षता र व्यावसायिकता सुनिश्चित गर्ने अपेक्षा रहेको थोकरको भनाई छ।
च्याम्पियनसिपले उच्च स्तरको करातेको एक रोमाञ्चक दिने अपेक्षा छ ।
च्याम्पियनसिपमा कुल ६६ क्याटगोरीमा प्रतिस्पर्धा हुने भएको छ । ११ — ११ वर्ष देखि १८ वर्ष माथि पुरुष महिला दुबैमा एड्भान्स काता र कुमिते डिभिजनका लागि दुई हजार अमेरिकी डलर नगद पुरस्कार राखिएको आयोजकले जनाएको छ ।
५ वर्ष देखि ४५ वर्ष उमेरका लागि काता र कुमितेमा प्रतिस्पर्धा हुने छ ।
च्याम्पियनसिपमा कुल पाँच सय २८ पदक प्रदान गरिने छ । स्वर्ण र रजत एक सय ३२ र कास्य पदक दुई सय ६४ प्रदान गरिने भएको छ ।
प्रतियोगितामा दर्ताको गर्नको लागि, यो लिङ्कमा http://www.tournamentinabox.com
क्लिक गरेर नाम दर्ता गर्न सकिने छ ।
प्रतियोगिता निर्देशक समेत रहेका थोकरले भने, हामी न्यु योर्क शहरमा यस्तो प्रतिष्ठित कार्यक्रम आयोजना गर्न पाउँदा एकदमै गर्व महसुस गरेका छौं, यो च्याम्पियनसिपले अनुशासन, सम्मान र अन्तर्राष्ट्रिय मित्रता बढाउन कराते खेलाडीहरू, रेफ्रीहरू र परिवारहरूलाई एक साथ ल्याउने हाम्रो विश्वास छ ।
निर्देशक थोकरले अमेरिकी कराते समुदायको सहयोगमा, च्याम्पियनसिपले ओलम्पिक करातेको भावनालाई प्रतिबिम्बित गर्ने विश्वास लिएको बताए । थोकरले क्वीन्स र बाहिरका मार्शल आर्ट समुदायको शक्तिलाई हाइलाइट गर्नुका साथै दर्शकहरूलाई विश्व स्तरीय प्रतिस्पर्धा, साँस्कृतिक आदानप्रदान र मार्शल आर्ट उत्कृष्ट प्रदर्शनको दिनमा उपस्थित भई हेर्न अनुरोध गरेको छ ।
आइएमए निहोन कराते डो युएसएले समुदायका सदस्यहरू, व्यवसायिक व्यक्ति, खेलाडी, मिडिया प्रतिनिधिहरूलाई साथ, सहयोग समर्थन गरी सफल बनाउन अनुरोध गरेको छ।
आइएमए निहोन कराते डो युएसए करातेको प्रवद्र्धन गर्न समर्पित नेपाली प्रशिक्षकले खोलेको पहिलो नेपाली मार्शल आर्ट संस्था हो। योसंस्थाले युवाहरूलाई सशक्त बनाउने र सामुदायिक सम्बन्धलाई बलियो बनाउने उद्देश्य राखेर अमेरिकाभरि प्रतियोगिता, सेमिनार र प्रशिक्षण कार्यक्रम आयोजना जनाएको छ ।
यो संस्था संयुक्त राज्य अमेरिकाको पहिलो नेपाली कराते स्कुल हो।
च्याम्पियनसिपको बारेमा थप जानकारी लिन निर्देशक शान्त थोकरलाई फोन: (९१७) २१५-३६८५ इमेल:[nfo@nikadojo.com वेबसाइट: www.nikadojo.com मार्फत सम्पर्क गर्न अपिल गरिएको छ।





प्रतिक्रिया