२१ कात्तिक २०८२, बिहिबार
Thu, Nov 6, 2025
SUBSCRIPTION

सिकागोमा आप्रवासी माथि धरपकडको तयारी

सिकागोमा आप्रवासी माथि धरपकडको तयारी

न्यू योर्क। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सिकागोमा आप्रवासीमाथि व्यापक धरपकड गर्ने तयारी गरेको छ।

न्यू योर्क टाइम्सले आन्तरिक कागजातको हवाला दिँदै त्यस्तो धरपकडको तयारी दावी गरेको हो। त्यसअनुसार करिब दुई सय होमल्यान्ड सेक्युरिटी अधिकारी परिचालन हुनेछन्। शिकागो बाहिर रहेको को नौसेना नेभल स्टेशन ग्रेट लेक्सलाई पनि परिचालन गरिने योजना छ।

यो अपरेसन सेप्टेम्बरभर, करिब ३० दिन चल्न सक्छ। सिकागो र संघीय प्रशासनबीच धेरै वर्षदेखि विवाद छ। राष्ट्रपति ट्रम्पले सिकागोलाई “अव्यवस्थित” भनेका छन्।सिकागो ‘स्यान्क्चुअरी सिटी’ हो। यसले इमिग्रेशन एण्ड  इन्फोर्समेन्ट (आईस) सँग सहकार्य निरुत्साहित गर्छ।

ट्रम्पका बोर्डर जार (सिमाना सल्लाहकार) टम होम्यानले सुरक्षा प्रमुख लक्ष्य भएको र नौसेना प्रयोगबारे छलफल भएको बताएको न्यू योर्क टाइम्सले जनाएको छ। शिकागोका मेयर ब्रान्डन जोनसनले ट्रम्प प्रशासनको यो योजना विरोध गरेका छन। 

ट्रम्प प्रशासनले आईसईसँग सहकार्य नगर्ने सिटीमा धरपकड बढाएको देखिन्छ। यो धरपकड उसको एतिहासिक निर्वासन अभियानसँग मेल खान्छ।

ट्रम्प प्रशासनले ग्रेट लेक्स बेससँग २५० जनासम्म बस्ने स्थान  माग्ने तथा शौचालय, लन्ड्री, एक सय ४० सवारी पार्किङ, औषधि, रबरका गोली र टियर ग्यासको भण्डारणको अनुरोध गर्ने योजना भएको न्यू योर्क टाइम्सले उल्लेख गरेको छ।  धरपकडका लागि सेप्टेम्बर २ मा सुरक्षाकर्मीको अग्रिम टिम पुग्ने बताइन्छ।त्यहा “ट्याक्टिकल अपरेसन्स सेन्टर” र “इन्सिडेन्ट कमान्ड पोस्ट” हुनेछ।

ट्रम्प पदभार सम्हालेयता गत महिना अन्त्यसम्म इलिनोइसमा कम्तीमा एक हजार चार सय पक्राउ परेका छन्। तीमध्ये झन्डै एक हजार सिकागोमा पक्राउ परेका हुन्।

प्रतिक्रिया