२१ कात्तिक २०८२, बिहिबार
Thu, Nov 6, 2025
SUBSCRIPTION

फलोअप: ६ वर्षीया डेयरा र आमा मार्था इक्वाडोर डिपोर्ट

फलोअप: ६ वर्षीया डेयरा र आमा मार्था इक्वाडोर डिपोर्ट

न्यू योर्क। छ वर्षीया डेयरा र उनकी आमा मार्थालाई मंगलबार बिहान इक्वाडोर डिपोर्ट गरिएको छ। उनीहरूलाई अगस्ट १२ मा लोअर म्यानह्याटनको २६ फेडरल प्लाजामा भएको नियमित इमिग्रेशन चेक–इनपछि हिरासतमा लिइएको थियो।

डिपोर्टेसनको पुष्टि राज्यसभा सदस्य काटालिना क्रुजले गरिन्। सिटी काउन्सिल सदस्य शेकर कृष्णनले कदमको आलोचना गरे। डेयरा एल्महर्स्ट, क्वीन्सस्थित पी एस ८९ की छात्रा थिइन्।

आइसले ६ वर्षीया बालिका समात्यो

समर्थक समूहहरूका अनुसार मार्था र डेयरालाई टेक्सासको डिले फैमिली फ्यासिलिटीमा सारिएको थियो। मार्थाको १९ वर्षीय छोरा इम्यानुएललाई न्यू जर्सीको डेलनी हल डिटेन्सन सेन्टरमा राखिएको छ। उनी अझै हिरासतमा छन्।

डिपार्टमेण्ट अफ होमल्याण्ड सेक्युरीटी (डीएचएस) मार्थाले परिवार डिसेम्बर २०२२ मा अनधिकृत रूपमा अमेरिका प्रवेश गरेको दाबी गरेको छ। तिनै आधारमा इमिग्रेशन न्यायाधीशको अन्तिम ‘रिमुभल अर्डर’ कार्यान्वयन गर्दै इमिग्रेशन एन्ड कस्टम इनफोर्समेन्ट (आइस) डीपोर्टेशन गरेको बताइएको छ।

प्रतिक्रिया