२१ कात्तिक २०८२, बिहिबार
Thu, Nov 6, 2025
SUBSCRIPTION

आइसले ६ वर्षीया बालिका समात्यो

आइसले ६ वर्षीया बालिका समात्यो

न्यू योर्क। इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्ट (आईस) ले न्यू योर्क सिटीको ज्याक्सन हाइट्समा बस्दै आएकी छ वर्षीया बालिकालाई गिरफ्तार गरेको छ। नियमित हाजिरिका लागि अगस्ट १२, २०२५ मा आमा मार्था र दाइ म्यानुअलसँग लोअर म्यानह्याट्नको फेडरल प्लाजा स्थित युनाइटेड स्टेट्स् सिटिजनसिप एण्ड इमिग्रेसन सर्भिसेस (युएससीआईएस) को अफिस पुगेकी उनलाई आईसले नियन्त्रणमा लिएको थियो।

आईसले आमासहित ती छ वर्षीया बालिकालाई टेक्सासस्थित डिटेन्सन सेन्टरमा सारेको छ। सञ्चारमाध्यमहरूले उनीहरूलाई निर्वासनमा पठाउन सजिलो हुने भएकाले टेक्सास सारेको अनुमान गरेका छन्। ती बालिकाका १९ वर्षीय दाइ म्यानुएललाई भने न्यू जर्सीस्थित डिटेन्सन सेन्टरमा राखिएको छ।

अधिकारवादी सङ्घसंस्थाहरूले आईसको नियन्त्रणमा रहेकी ती सात वर्षीया बालिकाको नाम डार्या भएको बताएका छन्। आईस र अन्य सुरक्षा निकायले सुरक्षाको कारण देखाउँदै बालिकाको नाम, उनको आमा र दाइको परिचय सार्वजनिक गरेको छैन। स्थानीय सञ्चारमाध्यमहरूले ती बालिकाको आमाको नाम मार्था र दाइको नाम म्यानुएल भएको जनाएका छन्। 

ती बालिका एल्महर्स्टको पीएस ८९ क्यू विद्यालयकी विद्यार्थी हुन्।डार्या पछिल्ला केही सातामा आईसले लिएको कम्तीमा चौथो सार्वजनिक विद्यालयको विद्यार्थी भएको बताइन्छ।यसअघि ब्रुक्लिन २० वर्षीय विद्यार्थी मामाडु डायलोलाई यूएससीआईएसको कार्यालय परिसरबाट नियन्त्रणमा लिएको थियो। 

न्यू योर्क सिटी काउन्सिल मेम्बर शेखर कृष्णनले भने गिरफ्तारीप्रति प्रतिक्रिया दिँदै अमेरिका बच्चालाई परिवारबाट छुट्याउने देश बनेको बताए। न्यू योर्क स्टेट एसेम्ब्ली मेम्बर क्याटालिना क्रुजले राष्ट्रपति डोनाल्ड ट्रम्पले अपराधीलाई कारबाही गर्ने वाचा विपरित ७ वर्षका बालिका, १९ वर्षका युवक र आमा समातेको प्रतिक्रिया दिइन। “राष्ट्रपतिको बोलाइ र काम मेल खाँदैन,” उनले 

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस) ले किन मार्था र उनका छोराछोरीलाई थुनेको हो भन्ने प्रष्ट पारेको छैन। उनीहरु कुन देशबाट कहिले अमेरिका आएका हुन भन्ने खुलेको छैन।

 

प्रतिक्रिया