२१ कात्तिक २०८२, बिहिबार
Thu, Nov 6, 2025
SUBSCRIPTION

फोनिजको २६औं स्थापना दिवस सम्पन्न, एनवाइसी नेपालन्यूजका सम्पादक गुरुङसहित १२ पत्रकारलाई सम्मान र पुरस्कार प्रदान

दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा न्यूयोर्कबाट संचालिक एनवाइसी नेपालन्युजका सम्पादक मच्छे गुरुङसहीत १२ जना पत्रकारहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । कार्यक्रमको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका थिए ।
फोनिजको २६औं स्थापना दिवस सम्पन्न, एनवाइसी नेपालन्यूजका सम्पादक गुरुङसहित १२ पत्रकारलाई सम्मान र पुरस्कार प्रदान

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले आफ्नो २६औं स्थापना दिवस भव्य रुपमा मनाएको छ । दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा न्यूयोर्कबाट संचालिक एनवाइसी नेपालन्युजका सम्पादक मच्छे गुरुङसहीत १२ जना पत्रकारहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । कार्यक्रमको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका थिए ।

कार्यक्रममा मन्त्री गुरुङले स्थापना दिवशमा शुभकामना दिँदै सम्मानित तथा पुरस्कृत सबैलाई पत्रकारहरुलाई बधाई दिए । उनले पत्रकारको मूल दायित्व सत्यको उजागर गर्नु भएको भन्दै समाज, देश र जनताको पक्षमा कलम चलाउन आग्रह गरे । 
यस्तै युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले कानुनी राज्यमा कसैको आवाज दबाउन नमिल्ने बताउँदै आदिवासी जनजाति पत्रकार मुलुकको आवाज भएको उल्लेख गरे । पत्रकारलाई अंकुश लगाउन नहुने मन्त्री चौधरीेको भनाई थियो । 

पूर्वमन्त्री हितबहादुर तामाङले पत्रकारलाई बोल्ने र लेख्ने अधिकार सधैं सुनिश्चित हुनुपर्नेमा जोड दिदै आदिवासी समुदायले आफ्नो भूमि सुरक्षा गर्न नसकिरहेका बेला पत्रकारले सचेतना फैलाउने जिम्मेवारी लिनुपर्ने सुझाव दिए ।

पूर्वमन्त्री तथा एमाले नेत्री भगवती चौधरीले सत्य तथ्यमा आधारित भएर कलम चलाउनुपर्ने बताउँदै पत्रकार मुलुक र जनतालाई बाटो देखाउने मार्गदर्शक भएको तर्क गरिन् । 

नेपाली कांग्रेसका सांसद तथा पूर्व राज्यमन्त्री कान्छाराम तामाङले बागमती प्रदेशमा करिब ३५ प्रतिशत तामाङ समुदायको बसोबास रहेकाले सो अनुसार अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिए ।

यसैगरी फोनिजका संस्थापक अध्यक्ष चन्द्रसिंह कुलुङले राज्यमा समावेशीता ल्याउने उद्देश्यकासाथ फोनिज स्थापना भएको बताए ।

नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले समाचार प्रकाशन र प्रसारण अघि गहिरो अध्ययन र अनुसन्धानको आवश्यकता रहेको बताए । 

नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले महासंघको संस्थापक अध्यक्षको विषयमा छलफल अघि बढिरहेको जानकारी दिँदै यसप्रति महासंघ सकारात्मक रहेको बताइन् ।

कार्यक्रम फोनिजका संघीय अध्यक्ष लक्की चौधरीको सभापतित्वमा सम्पन्न भएको थियो ।

कार्यक्रममा फोनिजका सल्लाहकार डण्ड गुरुङ, निवर्तमान अध्यक्ष गजुरधन राई, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष निमी शेर्पा, नेपाल प्रेस युनियनका सचिव लाल मोक्तान, प्रेस चौतारी नेपालका महासचिव हिरामान लामा, प्रेस सेन्टरका महासचिव मनोज घर्तीमगर, फोनिजकी वरिष्ठ उपाध्यक्ष सरु राना मगर, एआइपीपीका प्रतिनिधि जगत बराम, डिजिएम संस्थाकी साधना लिम्बू, फोनिज बागमती प्रदेश अध्यक्ष युवराज श्रेष्ठ लगायतले धारणा राखेका थिए ।

फोनिजले स्थापना दिवसको अवसरमा एनवाइसीनेपालन्युजकी सम्पादक मच्छेदेवी गुरुङसहित १२ जना पत्रकारलाई विभिन्न सम्मान तथा पुरस्कार प्रदान गरेको छ । अमेरिकाको न्यूयोर्कमा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय गुरुङलाइ फोनिज राष्ट्रिय पत्रकारिता प्रवास अवार्ड २०८२ बाट सम्मानित गरेको हो । गुरुङलाइ पत्रकारिताको माध्यमबाट आदिवासी जनजाति समुदायको इतिहास, भाषा, संस्कार, संस्कृति र रितिरिवाजको संरक्षण, प्रवद्र्धन तथा अधिकार स्थापित गर्ने सन्दर्भमा प्रवासमा रहेर पनि निर्वाह गरेको भूमिकाको उच्च मुल्यांकन गर्दै फोनिज राष्ट्रिय पत्रकारिता प्रवास अवार्ड २०८२ सम्मान गरिएको सम्मानपत्रमा उल्लेख छ । हाल अमेरिकामा बसोबास गर्ने गुरुङ न्यूयोर्कबाट सञ्चालित नेपाली समुदायिक अनलाईन पोर्टल एनवाईसी नेपालन्युजका सम्पादक छन् । नेपालमा रेडियो पत्रकारिताको क्षेत्रमा एक दशकसम्म सक्रिय रहेकी यसअघि अमेरिकाबाटै सञ्चालित एभरेष्ट टाइम्समा सक्रिय रहेकी थिइन् ।

नेपाल अमेरिका पत्रकार संघ नेजाका पूर्व कोषाध्यक्ष र उपाध्यक्षसमेत भइसकेकी गुरुङ लामो समयदेखि पत्रकारितामार्फत महिला, बालबालिका, पछाडि पारिएका समुदाय, आदिवासी जनजाति तथा सिमान्तकृत समुदायको लागि आवाज उठाउँदै आएकी छन् । नेपाली राष्ट्रिय दैनिक पत्रिका कान्तिपुरमा इन्टर्नसिप गरेर सुरु गरेको उनको पत्रकारिता एन्टेना फाउन्डेसन नेपाल, रेडियो सगरमाथा, समकोण टेलिभिजन कार्यक्रम, एभरेष्टटाइम्स न्युजहुँदै अहिले एनवाइसीनेपालन्युजडटकमसम्म निरन्तर जारी छ ।

स्थापना दिवशको अवसरमा सम्मानित एवं पुरस्कृत हुनेहरुमा फोनिजको निवर्तमान अध्यक्ष एवं नेपाल टेलिभिजनका बरिष्ठ पत्रकार गजुरधन राई, फोनिजका निवर्तमान कोषाध्यक्ष एवं वरिष्ठ पत्रकार अमरध्वज लामा, राजवंशी भाषाका त्रैमासिक पत्रिकाका कोचिला सामान रहेका छन् । उनीहरलाई नगद जनही ३१ हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको थियो ।

यस्तै फोनिज पत्रकारिता पुरस्कारबाट पत्रकारहरु सविन प्रियसन, मुनेस रायो मगर, बन्दना दनुवारलाई जनही नगद २५ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसैगरी फोनिज मलेसिया पुरस्कार सपना थामी र ज्ञानेन्द्र तामाङलाई जनही नगद १० हजार तथा सम्मानपत्र र फोनिज युके पत्रकारिता पुरस्कार २०८२बाट पत्रकार आश गुरुङ र डोल्मा शेर्पा नगद पुरस्कार तथा सम्मानपत्रबाट पुरस्कृत भएका थिए । 

प्रतिक्रिया