२१ कात्तिक २०८२, बिहिबार
Thu, Nov 6, 2025
SUBSCRIPTION

भारतको अहमदाबादमा विमान दुर्घटना, चालक दलसहीत २४२ जना सवार

अहमदाबादस्थित विमानस्थलबाट उडेको केही मिनेटमै नजिकैको बस्तीमा खसेर दुर्घटनाग्रस्त भएको विभिन्न संचारमाध्यमहरुले जनाएका छन् । विमानमा चालकदलका १२ सदस्यसहीत २४२ जना यात्रु थिए ।
भारतको अहमदाबादमा विमान दुर्घटना, चालक दलसहीत २४२ जना सवार

 

न्यूयोर्क । भारतबाट बेलायततर्फ उडेको यात्रुबहाक जहाज गुजरात राज्यको अहमदाबाद शहरमा दुर्घटना भएको छ । अहमदाबादस्थित विमानस्थलबाट उडेको केही मिनेटमै नजिकैको बस्तीमा खसेर दुर्घटनाग्रस्त भएको विभिन्न संचारमाध्यमहरुले जनाएका छन् । विमानमा चालकदलका १२ सदस्यसहीत २४२ जना यात्रु थिए । 

लण्डनतर्फ उडान भरिरहेको एयर इण्डियाको विमान बिहीबार बिहान अहमदाबाद विमानस्थलबाट उडेपछि पाँच मिनेटमै आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो । शुरुमा माथि उडेको विमान विस्तारै तल तल झर्दै गएर एक भवनमा ठोक्किएको थियो । प्रारम्भिक जानकारी अनुसार उद्धारकर्मीहरुले कम्तीमा १२० जनाको शव निकालिएको छ । 
उडेको विमान विस्तारै तल झर्दै गएपछि प्रत्यक्षदर्शीहरुले दुर्घटनाको दृश्य खिचेका थिए। ती दृश्यहरु सामाजिक सञ्जालमा फैलिएको छ । विमानमा कुल २४२ यात्रु सवार थिए। तीमध्ये ५३ जना बेलायती, ७ जना पोर्चुगाली र १ जना क्यानाडाली नागरिक थिए। अन्य सबै भारतीय नागरिक रहेको संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।
स्रोतको हवलादिदै भारतीय संचारमाध्यमहरुले दुर्घटनामा गुजरातका पूर्व मुख्यमन्त्री विजय रूपाणीको मृत्यु भएको पुष्टि गरेको छ। जानकारी अनुसार दुर्घटनास्थलबाट १२० वटा शव फेला परेका छन्। तीमध्ये अधिकांश शव यति डढेका छन् कि उनीहरूको पहिचान गर्नु असम्भवजस्तै भएको छ। विमान एउटा आवासीय भवनमा ठोक्किएको थियो, जहाँ अहमदाबाद सिभिल अस्पतालका केही चिकित्सकहरू बसोबास गर्दै आएका थिए। उनीहरुमध्ये १५ जना चिकित्सक घाइते भएको बताइएको छ । 

प्रतिक्रिया