२१ कात्तिक २०८२, बिहिबार
Thu, Nov 6, 2025
SUBSCRIPTION

इजरायलद्वारा इरानमाथि आक्रमण, आणविक केन्द्र लक्ष्य

इजरायलद्वारा इरानमाथि आक्रमण, आणविक केन्द्र लक्ष्य

एजेन्सी। इजरायलले इरानमाथि श्रृङ्खलावद्ध हवाई हमला गरेको छ। शुक्रबार बिहान सुरु गरिएको हमलामा इरानको आणविक कार्यक्रम सञ्चालन भइरहेको क्षेत्रलाई निशाना बनाइएको छ।

इजरायली रक्षामन्त्री इजरायल केट्जले हमला सुरु गरेलगत्तै देशमा सङ्कटकाल घोषणा गरेका छन्। उनले इजरायलमाथि कुनै पनि बेला मिसाइल वा ड्रोन आक्रमण हुनसक्ने भन्दै इजरायली नागरिकलाई सतर्क रहन भनेका छन्। 

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले खतरा समाप्त नभएसम्म हमला जारी रहने बताएका छन्। उता इरानका सरकारी सञ्चारमाध्यमहरूले हमलाबाट तेहरानमा मानवीय क्षति भएको पुष्टि गरेका छन्। 

सञ्चारमाध्यमहरूले इजरायलले इरानमाथि हमला गर्नु अघि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जानकारी दिएको उल्लेख गरेका छन्। हमलामा अमेरिकी सेनाको सहभागिता नरहेको जनाइएको छ।

युद्धको भयका कारण बिहीबार नै कच्चा तेलको अन्तराष्ट्रिय बजार मूल्य ७ प्रतिशतले वृद्धि भएको थियो। यो हमलाबाट अमेरिकी शेयर बजारमा समेत नकारात्मक असर परेको छ।  

 

प्रतिक्रिया