एजेन्सी। राष्ट्रपति डोनाल्ड ट्रम्पले चाइनाले अत्यावश्यक दुर्लभ खनिज पदार्थ दिने र अमेरिकाले आफ्ना विश्वविद्यालयमा अमेरिकी विद्यार्थी भर्ना लिने सहमति भएको जनाएका छन्।
राष्ट्रपति ट्रम्पले बुधबार सामाजिक सञ्जाल ‘टु्थ’ मा पोस्ट गर्दै उक्त कुरा जनाएका हुन्। ‘चाइनाले चुम्बक र आवश्यक दुर्लभ खनिज पदार्थ उपलब्ध गराउने भएको छ। हामीले चिनियाँ विद्यार्थीलाई हाम्रा कलेज र विश्वविद्यालयमा भर्ना लिने भएका छौ,’ उनले उल्लेख गरेका छन्, ‘सहमतिको टुङ्गो लागिसकेको छ। चिनियाँ राष्ट्रपछि सी र मैले हस्ताक्षर गर्न मात्र बाँकी छ।’
साथै, उनले चाइनाले आफ्नो उत्पादन अमेरिका निर्यात गरेबापत ५५ प्रतिशत भन्सार महशुल तिर्न र अमेरिकी उत्पादनमा १० प्रतिशत भन्सार महशुल लिन तयार रहेको जनाएका छन्। ‘हाम्रो सम्बन्ध उत्तम छ,’ उनले भनेका छन्।
अमेरिका र चाइनाबीच मङ्लबार लन्डन सहमति भएको हो। सहमतिका लागि अमेरिकी र चिनियाँ अधिकारीबीच लन्डनमा दुई दिन गहन छलफल चलेको थियो।





प्रतिक्रिया