०५ चैत २०८२, बिहिबार
Thu, Mar 19, 2026
SUBSCRIPTION

न्युजर्सीमा मे ३१ मा पहिलो “नेपाल डे” हुँदै

न्युजर्सीमा मे ३१ मा पहिलो “नेपाल डे” हुँदै

 

न्युजर्सी न्युजर्सीमा पहिलो पटकनेपाल डेहुने भएको आउने मे ३१, २०२५ का दिन न्यू जर्सीमा पहिलो पटकनेपाल डेआयोजना गर्न लागिएको हो गएको शनिबार  आयोजक समितिको पहिलो बैठकलेनेपाल डेसम्पन्न गर्नका लागि कार्यसमिति गठन गरेको छ।  एनआरएनए तथा सामाजिक अभियन्ताहरु संजिब श्रेष्ठ, सतेन्द्र साह राजेन्द्र श्रेष्ठको संयुक्त पहलमा न्युजर्सीको फेयरलनमा पहिलो पटकनेपाल डेहुन लागेको हो  

बैठकले राजेन्द्र श्रेष्ठलाई नेपाल डे गर्नका लागि कार्यसमिति अध्यक्ष तोकेको भने सतेन्द्र साहलाई कन्भेनरको जिम्मेवारी दिएको छ। न्युजर्सीमा रहेका नेपाली संघसंस्थाका प्रतिनिधीहरु, ब्यवस्थापन तथा स्वागत समितीमा  फेयरलेन नेपाली समाज रहनेछन्। 

आयोजक समितिको आर्थिक संयोजकमा  कुष्ण अधिकारी, कार्यक्रम ब्यवस्थापकमा भिमसेन खड्का, स्वयंसेवक संयोजकमा समिर कुँवरलाई तोकेको छ। 

नेपाली पहिचानको स्थायित्वकरणको लागि प्रवासी भुमीमा नेपाल डे आयोजना गर्न लागेको हो

कार्यक्रममा नेपालको कला, संस्कृति, भाषा, भेषभुषा झल्कने स्टल प्रदर्शनी, नेपाली खानाको प्रदर्शनी बिशेष सांस्कृतिक कार्यक्रम हुने  

कार्यक्रम फेयरलन सिटीको कार्यालयको प्रमुख आयोजना न्युजर्सीमा रहेका नेपाली संघ संस्थाहरुको आयोजनामा हुन लागेको हो  

 

 

प्रतिक्रिया