२४ असार २०८२, मङ्गलबार
Tue, Jul 8, 2025
SUBSCRIPTION

नेपाल आईडल सिजन-५ का विजेता करण परियारको पहिलो म्यूजिक भिडियो सार्वजनिक

नेपाल आईडल सिजन-५ का विजेता करण परियारको पहिलो म्यूजिक भिडियो सार्वजनिक

फोटोः करण परियारको फेसबुकबाट साभार।
न्यू योर्क। नेपाल आईडल सिजन-५ का विजेता करण परियारको पहिलो म्यूजिक भिडियो सार्वजनिक भएको छ । करण परियार तथा गायिका जारा रीत प्रसाईको स्वरमा पहिलो म्यूजिक भिडियो उनकै यूट्यूब च्यानलबाट अक्टोवर १ तारिखमा सार्वजनिक गरिएको हो।
चर्चित युवा गायक, परियारले पहिलो पटक म्यूजिक भिडियोमा मुख्य पात्रको रुपमा अभिनय गरेका छन्। 
अमेरिकामा रहेका करणका सुभचिन्तकहरूले प्रायोजन गरी करणकै सर्वाधिकार रहने गरी म्यूजिक भिडियो सार्वजनिक गरिएको म्यूजिक भिडियोका अमेरिका संयोजक शशी सिंहले जानकारी दिए।  
प्रदीप परियार थापाको रचना रहेको “तिम्रो आँखाबाट संसार हेर्न मन छ” गीतमा प्रसिद्ध संगीतकार शम्भूजित बास्कोटाले संगीत भरेका छन्।
गायिका जारा संगीतरत्न बास्कोटाकी नातिनी हुन्। म्यूजिक भिडियोमा गायक करणका साथ चर्चित बहिरा कलाकार मोडल, नायिका सुजल बम, गायिका जारा र गायिका, मोडल एवं अन्तर्राष्ट्रीय स्वर्ण पदक विजेता तेक्वाण्डो खेलाडी नन्दा बस्यालको अभिनय रहेको छ। 
निर्देशन चर्चित कोरियोग्राफर मौसम हिमालीले म्यूजिक भिडियोको निर्देशन गरेका छन्। कोरियोग्राफर मौसम हिमालीले चर्चित म्यूजिक भिडियो कश्मिरे पछ्यौरी, आईन आमा ओई, रिमै, डाँडा घरे साँईली, कहाँको साईनो, जाम भो माईली, घर कता हो बैनीको, झरनाको चिसो पानी, ए हो र माया, ए आमा जाम भन्यो मलाई लगायत पन्ध्र सय भन्दा बढी म्यूजिक भिडियोहरूमा निर्देशन र नृत्य कोरियोग्राफी गरीसकेका छन्।
प्रसिद्ध संगीतकार संगीतरत्न शम्भूजित बास्कोटाले ३ सय ५० भन्दा बढी नेपाली चलचित्रहरूको गीतमा संगीत भरेका छन् भने अठार सय भन्दा बढी गीतको म्यूजिक कम्पोज गरेका छन्। 
उनी नेपाल संगीत तथा नाट्य प्रतिष्ठानको पूर्व उपकूलपति र नेपाल आईडल सिजन ४ का निर्णायक हुन्। सांगितिक क्षेत्रमा उनलाई प्रेम र सम्मानपूर्वक मेलोडी किंग, संगीतरत्न भनेर सम्वोधन गरिन्छ।

https://youtu.be/lYnRJHmWqvA?si=-6SzqFHe6RvbbbO0

प्रतिक्रिया