१२ असोज २०८३, सोमबार
Mon, Sep 28, 2026
SUBSCRIPTION

द गुरुङ (तमु) सोसाइटी ईंक युएसएको नेपालको बाढीबाट प्रभावितको लागि २० लाख ११ हजार सहयोग हस्तान्तरण

द गुरुङ (तमु) सोसाइटी ईंक युएसएको नेपालको बाढीबाट प्रभावितको लागि २० लाख ११ हजार सहयोग हस्तान्तरण

न्यू योर्क । द गुरुङ (तमु) सोसाइटी ईंक युएसएले नेपालको भोटेकोशीमा आएको बाढीबाट प्रभावितहरुको लागि २० लाख ११ हजार ३ सय १४ रुपैयाँ नेपालको प्रधानमन्त्रीको दैवी प्रकोप उद्दार कोषमा जम्मा गरेको छ । सोसाइटीले बाढीबाट प्रभावितहरुको राहत तथा पुनस्थापनाका लागि आर्थिक सहयोग अभियानबाट संकलन गरेको रकम १३ हजार २ सय ७६ डलर रकम (२० लाख ११ हजार ३ सय १४ रुपैयाँ) प्रधानमन्त्रीको दैवी प्रकोप उद्दार कोषमा डाइरेक्ट डिपोजिट गरेको हो । सोसाइटीका अध्यक्ष ओम गुरुङ लगायत पदाधिकारीहरुको टोलीले महावाणिज्यदुतावासको कार्यालय न्यू योर्कमा परराष्ट्रमन्त्री शिशिर खनाललाई भेटेर आर्थिक सहयोग रकमको सिम्बोलिक चेक हस्तान्तरण गरेको हो । सोसाइटीको अध्यक्ष ओम गुरुङले सोसाइटीका सदस्यहरु र साथीहरुको सहयोगले आर्थिक सहयोग संकलन भएको जानकारी गराउँदै सबैलाई धन्यवाद व्यक्त गरेका थिए । सोसाईटीका महासचिव मच्छे देवी गुरुङले  रसुवाको भोटेकोशीमा आएको विनासकारी बाढीबाट करोडौंको जनधनको क्षति हुनुका साथै १४ सय ५० भन्दा बढीको मानिसहरुको निधनप्रति दुख व्यक्त गर्दै देशमा भएको विपत्ति र दुखमा आफुहरु पनि साथमा रहेको बताउँदै सोसाइटीले सकेको आर्थिक सहयोग गरेको बतार्एन् । उनले नेपालमा २०१५ मा गएको भुकम्पछि सोसाइटीले १ लाख ७२ हजार डलर रकम आर्थिक संकलन गरेर नेपालको ४ वटा जिल्लामा सामुदायिक भवन निमार्ण गरेको जानकारी गराउँदै नेपालमा समस्या पर्दा सोसाईटीले आर्थिक सहयोग गर्दै आएको बताइन्। महासचिव गुरुङले गएको अगष्ट २६ मा नेपालमा आएको विनाशकारी बाढीपछि अमेरिकामा रहेका नेपालीहरुको लागि टिपिएस प्रदान गर्नको लागि अमेरिकी सरकारसँग नेपाल सरकारले सरकारी स्तरबाट नै पहल गरिदिन मन्त्रीसमक्ष अनुरोध गर्दै यस्तो दुखद अवस्थामा परिवारसँग पुनर्मिलनमा सहयोग पुग्ने बताईन् । एक पटकको नेपाली सधैको नेपाली नारालाई कार्यान्वयनमा ल्याउन पनि सरकारले पहल गरिदिन गुरुङले आग्रह गरिन् । नेपाल आदिवासी जनजाति महासंघ फिप्नाका निवर्तमान अध्यक्ष तोरण गुरुङले नेपालको लागि टिपिएस प्रदान गर्नका लागि सरकारले पहल गरिदिन अनुरोध गरे । परराष्ट्र मन्त्री खनालले सोसाईटीले नेपालको विपत्तिमा गरेको सहयोगप्रति नेपाल सरकारको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गरे । अध्यक्ष ओम गुरुङले परराष्ट्र मन्त्री खनालसँगको भेटघाटको अवसर प्रदान गरी दिएकोमा महावाणिज्यदुतावासको महावाणिज्यदुत दधिराम भण्डारीलाई धन्यवाद व्यक्त गरे । सोसाइटीका संस्थापक अध्यक्ष तुलसी प्रसाद गुरुङ, सल्लाहकारहरु गौतम गुरुङ, तोरण गुरुङ, खड्कजंग गुरुङ, वरिष्ठ उपाध्यक्ष अलिशादेवी गुरुङ, महासचिव मच्छे देवी गुरुङ, प्रथम महिला डा. सुलोचना गुरुङ, पुर्व प्रथम महिला शारदा गुरुङसहितको टोली मन्त्री खनाललाई भेटेर चेक हस्तान्तरण गर्न पुगेका थिए । 

प्रतिक्रिया