०९ असोज २०८३, शुक्रबार
Fri, Sep 25, 2026
SUBSCRIPTION

न्यु योर्कमा नोर’इस्टरको खतरा, भारी वर्षा र तटीय बाढीको चेतावनी

न्यु योर्कमा नोर’इस्टरको खतरा, भारी वर्षा र तटीय बाढीको चेतावनी

न्यु योर्क। शक्तिशाली नोर’इस्टर आँधी न्युयोर्कतर्फ नजिकिँदै गर्दा भारी वर्षा, तेज हावा र तटीय बाढीको जोखिम बढेको छ। न्यु योर्क सिटीले शुक्रबार दिउँसो २ बजेदेखि आइतबार बिहानसम्म ट्राभल एडभाइजरी जारी गरेको छ। नेसनल वेदर सर्भिस (एनडब्ल्यूएस) ले न्युयोर्क सिटीका विभिन्न भागमा विन्ड एडभाइजरी र कोस्टल फ्लड वाच जारी गरेको छ। वर्षा सप्ताहन्तभर जारी रहने पूर्वानुमान छ। हावाको झोक्का ४० देखि ५० माइल प्रतिघण्टासम्म पुग्न सक्छ।

बाढीको बढि जोखिम दक्षिण क्वीन्सको रकअवेज क्षेत्र छ। जमैका बे आसपास पनि मध्यम स्तरको तटीय बाढी आउन सक्छ। ब्रुकलिन र स्टेटन आइल्याण्डका तटीय भागमा पनि बाढीको सम्भावना छ। फ्लसिङ बे वरपर सामान्यदेखि मध्यम बाढी आउन सक्छ।

न्युयोर्क सिटीका मेयर जोहरान माम्दानीले आँधी सहरतर्फ बढिरहेको बताएका छन्। “आँधीको पूर्वानुमानित मार्ग हाम्रो सहरतर्फ छ। यसले बढी वर्षा र बलियो हावा ल्याइरहेको छ,” उनले भने।

उनले सहरका कर्मचारीले सडकका पानी निकास हुने "क्याच बेसिन" सफा गरिरहेको बताए। रुख ढल्न सक्ने अवस्थाका लागि टोली तयार गरिएको छ। तटीय बाढीको जोखिम भएका क्षेत्रमा आपतकालीन स्रोत परिचालन गरिएको छ।

माम्दानीले सप्ताहन्तमा यात्रा नगर्न र गर्नै परे सतर्कता अपनाउन आग्रह गरेका छन्। ट्रेन, फेरी वा उडानपूर्व पनि अवस्था निरीक्षण गर्न भनेका छन्। 

उनले उच्च ज्वारको समयमा होचा तटीय सडकबाट टाढा रहन आग्रह गरेका छन्।

बेसमेन्ट अपार्टमेन्टमा बस्नेहरूलाई बाहिर निस्कने सुरक्षित बाटो पहिल्यै तय गर्न भनिएको छ। अवस्था खतरनाक भए माथिल्लो तलामा जान तयार रहन आग्रह गरिएको छ।

उता न्यू योर्ककी गभर्नर क्याथी होकुलले "फ्ल्यास फ्लड" अचानक आउन सक्ने भन्दै राज्यका निकायहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएकी छन।

न्युयोर्क सिटी इमर्जेन्सी म्यानेजमेन्ट (एनवाईसीईएम) कमिश्नर क्रिस्टिना फ्यारेलले पानी जमेको सडकमा नहिँड्न वा गाडी नचलाउन भनेकी छन्। उनले "ट्राफिक ब्यारिकेड" पार नगर्न पनि आग्रह गरेकी छन्।

बाढीको बढि जोखिम दक्षिण क्वीन्सको रकअवेज क्षेत्र छ। जमैका बे आसपास पनि मध्यम स्तरको तटीय बाढी आउन सक्छ। ब्रुकलिन र स्टेटन आइल्याण्डका तटीय भागमा पनि बाढीको सम्भावना छ। फ्लसिङ बे वरपर सामान्यदेखि मध्यम बाढी आउन सक्छ।

एनडब्ल्यूएसले रकअवे क्षेत्रका लागि कोस्टल फ्लड वाच जारी गरेको छ। हाइ सर्फ एडभाइजरी पनि लागू छ।

 

प्रतिक्रिया