१५ भदौ २०८३, सोमबार
Mon, Aug 31, 2026
SUBSCRIPTION

कन्दरा ब्याण्डद्धारा बाढीपीडितका लागि २१ लाख सहयोग

कन्दरा ब्याण्डद्धारा बाढीपीडितका लागि २१ लाख सहयोग

एटलान्टा । लोकप्रिय ब्याण्ड कन्दराले बाढीपीडितका लागि २१ लाख रुपैयाँ (१३ हजार ६ सय ७० डलर) सहयोग सहयोग गरेको  कन्दराको रिदम अफ चेन्ज नर्थ अमेरिका टुर अन्तर्गत जर्जियाको एटलान्टामा गएको शुक्रबार आयोजना गरिएको सांगीतिक कार्यक्रमबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाएको हो । कन्दराको रिदम अफ चेन्ज नर्थ अमेरिका टुर नेपालमा अगस्ट २६ मा आएको विनाशकारी बाढीपछि मानवीय सहयोग अभियानमा जुटेको हो । संकलित रकम एटलान्टामा एक कार्यक्रम गरी नेपालमा विपद् व्यवस्थापनका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको हो। सांगीतिक कार्यक्रमलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै संकलित सहयोग नेपालका बाढीपीडित तथा विपद् प्रभावितका लागि हस्तान्तरण गरिएको आयोजकले जनाएको छ। कन्दराका प्रमूख गायक विवेक श्रेष्ठले भने, शोकलाई शक्तिमा र संगीतलाई सेवामा बदल्दै आज हामीले बाढी पहिरोबाट प्रभावित मातृभूमिका दाजुभाइ तथा दिदीबहिनीहरुको राहतका लागि रु. २१ लाख हस्तान्तरण गरेका छौं । गायक श्रेष्ठले पुण्य कार्यमा साथ दिएकोमा आयोजक बी एण्ड एम एभेन्ट्स एटलान्टा तथा नेप्लिज एशोशिएसन अफ जर्जियालाई विशेष धन्यवाद व्यक्त गरेका छन्। कन्दराले विपद्को यस कठिन समयमा नेपालसँग ऐक्यबद्धता जनाउँदै सहयोग गर्ने सम्पूर्ण प्रशंसक, संघसंस्था तथा नेपाली समुदायप्रति हार्दिक आभार व्यक्त गरेको छ। रकम संकलन तथा हस्तान्तरण प्रक्रियामा महत्वपूर्ण साझेदारी गरेकोमा नेप्लिज एशोशिएसन अफ जर्जियालाई विशेष धन्यवाद व्यक्त गरे । आयोजक, विभिन्न साझेदार स्थानिय नेपाली संघसंस्था, कन्दराका प्रशंसक तथा एटलान्टास्थित नेपाली समुदायको संयुक्त प्रयासमा २१ लाख नेपाली रुपैयाँ आर्थिक सहयोग संकलन गरिएको थियो। गायक श्रेष्ठले यो दुखको बेलामा देशलाई आर्थिक सहयोग गर्न सबेलाई अनुरोध गरे। यो मानविय अभियानमा नेपाली कल्चरल सेन्टर (एनसीसी), नेप्लिज एशोशिएसन इन साउथइष्ट अमेरिका, मधेसी एशोशिएसन इन अमेरिका जर्जिया च्याप्टर, एनआरएन जर्जिया च्याप्टर, इन्टरनेशनल नेपाली लिटररी सोसाइटस् जर्जिया च्याप्टर लगायत संस्थाहरुको सहभागिता थियो

प्रतिक्रिया