०५ भदौ २०८३, शुक्रबार
Fri, Aug 21, 2026
SUBSCRIPTION

हिमालयन बुद्धिष्ट कम्युनिटी अफ नेपाल ईन अमेरिकाको अध्यक्षमा बिष्ट चयन

हिमालयन बुद्धिष्ट कम्युनिटी अफ नेपाल ईन अमेरिकाको अध्यक्षमा बिष्ट चयन

न्यू योर्क । हिमालयन बुद्धिष्ट कम्युनिटी अफ नेपाल ईन अमेरिकाको अध्यक्षमा राज कुमार बिष्ट सर्वसम्मत रुपमा चयन भएका छन् । हिमालयन बुद्धिष्ट कम्युनिटीको अगष्ट ८ मा न्यू योर्कको ज्याक्सन हाइट्समा भएको पाँचौ राष्ट्रिय महाधिवेशनले विष्टलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।

बौद्द धर्मावलम्बीहरुको आस्थाको केन्द्र एचवीसीको आफ्नो कार्यकाललाई एउटा अवसरको रुपमा लिएको अध्यक्ष बिष्टको भनाइ छ। न्यू योर्कमा रहेका सम्पुर्ण हिमालयन बौद्दमार्गीहरुको आस्थाको केन्द्र हिमालयन बुद्दिष्ट कम्युनिटी अफ नेपाल ईन अमेरिकाले आपसी सदभाव, ऐक्यबद्दता, बौद्द धार्मिक तिथि र चाड पर्वहरुलाई वृहत रुपमा मनाउँदै आएको छ ।संस्थालाई वार्षिक रुपमा निति तथा कार्यक्रमहरुको तर्जुमा गरी दिर्घकालिन लक्ष्यका साथ परिणाममुखि कार्यक्रमहरु आयोजना गरी समुदायलाई आफनो धर्मप्रति अनुभुति दिलाउनको लागि काम गर्ने योजना छ । न्युयोर्कमा रहेका नेपाली समुदाय र अन्य बौद्द धार्मिक संघ संस्थाहरुसँग समन्वय गरी बौद्द धार्मिक कार्यक्रमहरुमा अग्रसर रही निकट भबिष्यमा न्युयोर्क सिटीको म्यानहाटनमा बृहत बिश्व शान्ति र्याली, संयुक्त ल्होसार कार्यक्रम र वृहतरुपमा बुद्द पुर्णिमा अन्तर्राष्ट्रिय  बैसाक (डे ) जस्ता महत्वपुर्ण एकिकृत साझा कार्यक्रमहरुको  सोचका साथ एचबीसीको सर्वोपरी हितलाई उचाईमा पुर्याउने लक्ष्य राखेको बिष्टको भनाइ छ । नेतृत्व चयनपछि अध्यक्ष बिष्टले सबैमा आभार प्रकट गरेको छ ।

प्रतिक्रिया