०९ भदौ २०८३, मङ्गलबार
Tue, Aug 25, 2026
SUBSCRIPTION

विभिन्न ७ वटा नेपाली संस्थाद्धारा रक्तदान कार्यक्रम सम्पन्न, ५१ पिन्ट रगत संकलन

विभिन्न ७ वटा नेपाली संस्थाद्धारा रक्तदान कार्यक्रम सम्पन्न, ५१ पिन्ट रगत संकलन

न्यू योर्क न्यू योर्कको क्वीन्समा अवस्थित टार्गेट मलमा आयोजित रक्तदान कार्यक्रममा ५१ पिन्ट रगत संकलन भएको विभिन्न वटा नेपाली समुदायका संस्थाहरुले आयोजना गरेको  रक्तदान अभियानमा ५९ जना सहभागीहरुले नाम दर्ता गरे पनि विभिन्न कारणले गर्दा ५१ जना सहभागीहरुले मात्र रक्तदान गरेका थिए आज संकलित ५१ पिन्ट रगतले धेरै अमुल्य जीवन बचाउन सहयोग पुरयाउने छन् मानवीय सेवाको कार्यक्रम विभिन्न नेपाली संस्थाहरुले आयोजना गर्दै आएको  अमेरिकन रक्तदाता संस्था ब्लड डोनर्स अफ अमेरिका, लायन्स क्लब अफ क्वीन्स बुद्ध, बलेवा सोसाइटी अफ अमेरिका, शेर्पा संघ अमेरिका, गुरुङ (तमु) सोसाइटी इंक, अमेरिका, प्रवासी नेपाली एकता मञ्च, न्यू योर्क च्याप्टर, किरात याक्थुङ चुम्लुङ अमेरिका हाम्रो आमा इंकले संयुक्त रुपमा रक्तदान कार्यक्रम आयोजना गरेका हुन्  

ब्लड डोनर्स एशोशिएसन (बिडीए) न्यू योर्कका अध्यक्ष कृष्ण आचार्य, (बिडीए) की महासचिव रश्मि श्रेष्ठ, प्रवासी नेपाली एकता मञ्च न्यू योर्कका अध्यक्ष सौमेन्द्र रञ्जित, गुरुङ  ((तमु) सोसाइटी इंक युएसएका अध्यक्ष ओम गुरुङ, गुरुङ सोसाइटीका महासचिव मच्छे गुरुङहाम्रो आमा इंककी युवा संयोजक मेलिशा राई गुरुङ, (बिडीए) न्यू योर्कका उपाध्यक्ष तथा कार्यक्रम संयोजक शान्ति जिरेल तथा स्वयंसेवक संयोजक पूर्ण पैजा मगरले कार्यक्रम सफल बनाउनका लागि महत्वपूर्ण भूमिका खेल्नुका साथै उत्कृष्ट नेतृत्व, समन्वय तथा सेवाका लागि आयोजकले विशेष धन्यवाद तथा प्रशंसा व्यक्त गरेका छन् कार्यक्रममा सहभागी युवा स्वयंसेवकहरूप्रति आयोजकले धन्यवाद व्यक्त गरेका छन् स्वयंसेवकहरुको सहभागिताले नेपाली समुदायबीचको एकता सहयोग, सहकार्यलाई प्रतिबिम्बित गरेको आयोजकको भनाइ छ। समुदायले गरेका सामाजिक मानविय कार्यमा जोडेर रक्तदान गर्ने कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै संस्थाका पदाधिकारीहरु, कार्यक्रम संयोजक तथा स्वयंसेवक संयोजक स्वयंसेवकहरुलाई आयोजक मध्येका एक समाजसेवी टेक गुरुङले धन्यवाद व्यक्त गरे  समुदायका अगुवाहरू विष्णु राना मगर, टेक गुरुङ, भरत मोक्तान, याम लामा, कृष्ण आचार्य, पुरन लिम्बू, डा. रसकुमारी गुरुङ, देबकी पन्त पाण्डे, मेख गुरुङ, मुना राई, शान्ति जिरेल, नेपाली चलचित्र निर्देशक सुरज सुब्बा, समाजसेवी टक रुवाली तथा अन्य धेरै उदार व्यक्तिहरूले रक्तदान गर्नुका साथै यो मानविय सेवाको अभियानलाई सहयोग गरेका थिए  

कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने रक्तदाताहरु, स्वयंसेवक, संयोजक, समुदायका अगुवा, सहभागी संस्थाहरु, सम्पूर्ण सहयोगीहरूप्रति आयोजकले हार्दिक कृतज्ञता व्यक्त गर्दै यो सेवाको कामलाई निरन्तरता दिने कार्यक्रम संयोजक शान्ति जिरेलले बताए  

हाल न्यू योर्कको अस्पताल स्वास्थ्य संस्थाहरुका भइरहेको रगत संकटको अवस्थालाई मध्यनजर गर्दै समुदायका वटा संस्थाहरुले संयुक्र रुपमा रक्तदान कार्यक्रम आयोजना गरेका हुन् जीवन बचाउने अभियान रक्तदानमा उपस्थित भई सहयोग गर्ने सबैलाई आयोजकले धन्यवाद व्यक्त गरेका छन्। कार्यक्रममा मेलिशा राई गुरुङ, मेगन राई गुरुङ, मुना राई गुरुङ, मच्छे गुरुङ, सुजिना गुरुङ, सरस्वती तामाङ, ब्रायना पौडेल, योङ सुन गौडेल, जेनिफर एल. गौडेल, देवी पन्त, उमा तामाङ, क्रिष्टिना आचार्य, प्रसिद्धि भारद्धाज, समिया कार्की, अनमोल आचार्य, दृष्टी घिमिरेडेरोन घिमिरेले स्वयंसेवकको रुपमा काम गरेका थिए

 

प्रतिक्रिया