१८ साउन २०८३, सोमबार
Mon, Aug 3, 2026
SUBSCRIPTION

लोकप्रिय ब्याण्ड कन्दरा अगष्ट १५ मा न्यु योर्कमा पहिलो पटक गुन्जिदै

लोकप्रिय ब्याण्ड कन्दरा अगष्ट १५ मा न्यु योर्कमा पहिलो पटक गुन्जिदै

न्यू योर्क । लोकप्रिय ब्याण्ड कन्दराले न्यु योर्कमा सांगीतिक प्रस्तुति गर्दैछ । चाँदनी क्रियशन्स न्यू योर्क र इस्सेन्स स्माइलको सहकार्यमा कन्दरा ब्याण्डले अगष्ट १५ मा न्यू योर्कको मेलरोज बलरुममा कन्दरा लाइभ इन न्यू योर्क  सांगीतिक प्रस्तुति गर्ने भएको हो । आयोजकले आइतबार पत्रकार सम्मेलन गरी कन्दराको सांगीतिक प्रस्तुतिबारे जानकारी दिएको हो । इस्सेन्स स्माइलका प्रोप्राइटर तथा आयोजक डा. सुलोचना गुरुङले ३४ बर्ष लामो सांगीतिक कोशेली प्रस्तुत गरिसकेको लिजेन्ड्री ब्याण्ड कन्दरालाई न्यू योर्कमा प्रस्तुत गर्न पाउँदा गर्व लागेको बताइन् । चाँदनी क्रियसन्सका प्रोप्राइटर तथा अर्का आयोजक चाँदनी लामाले कन्दराले न्यू यार्कमा पहिलो पटक प्रस्तुति गर्ने भएकोले यो विशेष रहने बताइन् ।दुइ जना युवा उद्यमी महिलाहरुले कन्सर्ट गर्न लागेको हुनाले सबैको साथ र सहयोगले कन्सर्ट सफल हुन्छ भन्ने आयोजकको विश्वास छ । कन्सर्टबाट उठेको केही रकम नेपालमा परोपकारी कामका लागि खर्च गरिने आयोजकले जनाएको छ। सन् १९९२ मा स्थापना भएको कन्दराको हिउँ त हैन, हङकङ पोखरा, लेककी हे माया, तगारोमा रुमाल राखी लगायत दर्जनौं गीत लोकप्रिय छन् । आयोजक डा. सुलोचना गुरुङका अनुसार रिदम अफ चेन्ज थिममा केन्द्रित रहेर कन्दराले प्रस्तुति गर्ने भएको हो । कन्दराले नेपाली गीत संगीत मनोरञ्जन मात्र नभएर सामाजिक, साँस्कृतिक र आर्थिक रुपान्तरणको लागि महत्वपूर्ण भूमिका रहेको बताउँदै रिदम् अफ चेन्ज थिममा विभिन्न कन्सर्ट गर्दै आएको छ । युवा देखि वयस्कसम्मको दर्शकको रोजाइमा परेको कन्दराले युके, अष्ट्रलिया लयागतका मुलुकमा सांगीतिक प्रस्तुति गरिसकेको छ । ब्याण्डका प्रमूख गायक विवेक श्रेष्ठ रहेका छन् भने टिममा ब्याण्ड म्यानेजर र टुर म्यानेजर सहित ८ जना सदस्य रहेका छन् । आयोजकका अनुसार कन्दराले नेपाली अथेन्टिक गीत संगीतबारेमा युवापुस्तालाई जानकारी दिंदै युवाहरुसँग जोड्ने प्रयास रहेको बताएको छ ।कार्यक्रमको शुरुमा सुमित श्रेष्ठको प्रस्तुति रहने छ भने, रातको ११ बजेदेखि प्रमुख गायक विवेक श्रेष्ठको प्रस्तुति रहने छ । हल प्रवेशको लागि साँझको साँढे ८ बजे ढोका खुल्ला रहने आयोजकले जनाएको छ । कन्सर्टमा प्रवेशका लागि टिकट अनलाइन तथा फिजिकल टिकट लिन सकिने छ । साधारण टिकटको मुल्य ७५ डलर तोएिको छ भने भिआइपी टिकटको मुल्य १५० डलर तोकिएको छ । २१ बर्षभन्दा माथिका जो कोही कन्सर्टमा प्रवेश गर्न सक्नेछन् । आयोजक डा. सुलोचना गुरुङ नेपथ्य कन्सर्ट आयोजक मध्येका एक हुन् भने चाँदनी लामाले मंगोलियन हर्ट राजु लामा र मन्त्रको कन्सर्ट आयोजना गरिसकेका छन् ।नर्थ अमेरिका टुरको आयोजना टिलिभ्स इकं र विशिष्ठा इेन्टरनेश्नललले आयोजना गर्न लागेको हो ।

प्रतिक्रिया