०५ साउन २०८३, मङ्गलबार
Tue, Jul 21, 2026
SUBSCRIPTION

अर्जेन्टिनालाई १–० ले पराजित गर्दै स्पेन विश्वकप फुटबल च्याम्पियन

स्पेनको जीतमा वैकल्पिक खेलाडी फेरान टोरेस नायक बने। उनले खेलको १०६औँ मिनेटमा
अर्जेन्टिनालाई १–० ले पराजित गर्दै स्पेन विश्वकप फुटबल च्याम्पियन


न्यूयोर्क । कडा प्रतिस्पर्धाकाबीच स्पेनले फिफा विश्वकप फुटवलको उपाधि जितेको छ । न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा आइतबार अपरान्ह सम्पन्न फाइनलमा स्पेनले अतिरिक्त समयमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकपको ट्रफी उचालेको हो।
स्पेनको जीतमा वैकल्पिक खेलाडी फेरान टोरेस नायक बने। उनले खेलको १०६औँ मिनेटमा निर्णायक गोल गर्दै अर्जेन्टिनाको लगतार दोस्रो पटक विश्वकप जित्ने सपना समाप्त गरिदिएको हो ।
खेल अधिकांश समय स्पेनको नियन्त्रणमा रहे पनि अर्जेन्टिनका गोलकिपर इमिलियानो मार्टिनेजको उत्कृष्ट बचाउका कारण जीतको लागि स्पेनले अतिरिक्त समयसम्म कुर्नु परेको थियो । त्यसवीचमा दुईपटक भएको गोललाई रेफ्रिले मान्यता दिएन ।

विश्वभरका करोडौं  फुटबल प्रेमीले प्रत्यक्ष हेरिरहेका आइतबारको फाइनल खेलमा अर्जेन्टिनाले अपेक्षाकृत खेल देखाउन सकेन । ३९ वर्षीय अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीका लागि यो प्रतियोगिताकै सबैभन्दा कमजोर प्रदर्शन रह्यो। खेलको पहिलो १५ मिनेटमा उनले केवल एकपटक मात्र बल छोएका थिए, त्यो पनि खेलको सुरुआती किक–अफका क्रममा। पहिलो हाफभर अर्जेन्टिनाले गोलतर्फ एउटा पनि प्रहार गर्न सकेन ।

निर्धारित समय सकिन केहीअघि अर्जेन्टिनाले ठूलो झट्का बेहोर्नुप¥यो। मिडफिल्डर एन्जो फर्नान्डेज ले युवा स्पेनी डिफेन्डर पाउ कुबार्सी माथि गरेको फाउलका कारण दोस्रो पहेँलो कार्ड पाएपछि रातो कार्डसहित मैदानबाट बाहिरिनुप¥यो। त्यसपछि १० खेलाडीमा सीमित अर्जेन्टिनामाथि स्पेनले थप दबाब बढायो।
अतिरिक्त समयमा स्पेनले एक गोल विवादास्पद फाउलका कारण रद्द भए पनि निरन्तर आक्रमण जारी राख्यो। अन्ततः १०६औँ मिनेटमा पेड्रो पोरो को उत्कृष्ट क्रसमा निको विलियम्स ले हेडमार्फत बल फेरान टोरेसतर्फ मिलाइदिए। टोरेसले शक्तिशाली प्रहार गर्दै अर्जेन्टिनी गोलरक्षक एमिलियानो मार्टिनेज लाई स्तब्ध बनाउँदै विश्वकप जिताउने गोल गरे।
स्पेनले खेलभर निरन्तर दबाब सिर्जना गर्दै गोलका लागि २० पटक प्रहार गरेको थियो। अतिरिक्त समयमा एक खेलाडीको संख्यात्मक फाइदा उठाउँदै स्पेनले खेल आफ्नो पक्षमा पार्न सफल भयो। यस जितसँगै स्पेनले दोस्रो पटक विश्वकपको उपाधि जितेको छ भने अर्जेन्टिनाको लगातार दोस्रो विश्वकप जित्ने सपना अधुरै रह्यो।
फाइनल खेलको बीचमा आयोजित करिब २७ मिनेट लामो हाफटाइम मनोरञ्जन कार्यक्रम ले पनि खेलको लयमा प्रभाव पारेको थियो। उक्त कार्यक्रममा म्याडोना, बीटीएस, जस्टिन बिबर, शकिरालगायत विश्वप्रसिद्ध कलाकारहरूको प्रस्तुति रहेको थियो। प्रतियोगिताका विजेता टोली तथा खेलाडिहरुलाई अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मेडल तथा कप प्रदान गरेका थिए ।
कस्ले के जिते


विश्वकपको समापनसँगै व्यक्तिगत विधाका पुरस्कारहरूमा पनि स्पेनकै खेलाडीहरूको वर्चस्व रह्यो । स्पेनका मिडफिल्डर रोड्रीले प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बन्दै ’गोल्डेन बल’ जिते। बेलोन डी’ओर, च्याम्पियन्स लिग र युरो कप जितेका रोड्रीले अब आफ्नो ट्रफी दराजमा विश्वकप र यसको उत्कृष्ट खेलाडीको अवार्ड पनि थपेका छन्।

यसैगरी स्पेनका गोलकिपर उनाई सिमोनले ’गोल्डेन ग्लोभ’ हात पारे। पूरै प्रतियोगिताभरि ७ वटा ’क्लिन सिट’ राख्दै उनले मात्र एक गोल खाएका थिए । यसैगरी १९ वर्षीय डिफेन्डर पाउ कुबार्सीले ’योङ प्लेयर अफ द टुर्नामेन्ट’को अवार्ड जिते।
स्पेनका निर्णायक गोलकर्ता फेरान टोरेसले यो जित ४ करोड ७० लाख स्पेनिस जनताको भएको बताए । उनले भने, ’आज हाम्रो जित नियतिमै लेखिएको थियो। ममाथि धेरै आलोचना भए पनि भगवानले मलाई शक्ति दिनुभयो र हामीले इतिहास बदल्यौँ।’

प्रतिक्रिया