न्यूयोर्क । नब्बे मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि थपिएको आधा घण्टामा थप २ गोल गर्दै अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
खेलको दोस्रो हाफमा लगतार स्वीजरल्याण्डको दवावमा रहेको अर्जेन्टीनाले स्वीजरल्याण्डका एक खेलाडी रातो कार्ड पाएर मैदान बाहिरिनु परेको फाइदा उठाउदै एकतर्फी दवावकावीच थप २ गोल गर्दै विश्वकप उपाधीको थप नजिक पुगेको हो ।
निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। स्विट्जरल्यान्डका स्ट्राइकर ब्रिल एम्बोलोले भिडियो सहायक रेफ्रीको समीक्षा पछि डाइभ गरेको ठहर भएपछि दोस्रो पहेंलो कार्ड प्राप्त गर्दै मैदानबाट बाहिरिनुपरेको थियो।
सुरुमा रेफ्रीले लियान्द्रो परेडेसलाई फाउल गरेको भन्दै पहेंलो कार्ड दिएका थिए, तर भिडियो समीक्षा पछि आफ्नो निर्णय परिवर्तन गरेका थिए।
खेलको दोस्रो अतिरिक्त समयको अन्त्यतिर जुलियन अल्भारेजले करिब २५ यार्ड टाढाबाट शानदार घुमाउरो प्रहार गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए। त्यसपछि अतिरिक्त समयको इन्जुरी समयमा लाउटारो मार्टिनेजले अर्को गोल थप्दै अर्जेन्टिनाको जित सुनिश्चित गरे।
यसअघि स्विट्जरल्यान्डका डान न्डोयेले बराबरी गोल गरेका थिए। अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले प्रहार गरेको कर्नरलाई एलेक्सिस म्याक एलिस्टरले उत्कृष्ट हेडमार्फत गोलमा परिणत गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। त्यसपछि न्डोयेले स्विट्जरल्यान्डका लागि बराबरी गोल गर्दै खेललाई अतिरिक्त समयमा पु¥याएका थिए।
यस जितसँगै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा पुगेको छ। अब अर्जेन्टिनाले बुधबार हुने सेमिफाइनलमा अतिरिक्त समयमा नर्वेलाई पराजित गर्दै अघि बढेको इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।




प्रतिक्रिया