न्यू योर्क। नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङलाई अमेरिकामा सम्मान गरिएको छ । थाक्थाकु माबोहाङ चेम्जोङ वंश उत्थान संघ, अमेरिका शाखाले न्यु योर्कको ज्याक्सन हाइट्समा मिट एण्ड ग्रीट कार्यक्रम गरी कप्तान तथा गोलकिपर किरण चेम्जोङलाई सम्मान पत्र र एक हजार सात सय डलर नगदसहित सम्मान गरेको हो ।
नेपालको राष्ट्रिय फुटबल टोलीको रूपमा कप्तान चेम्जोङले खेलकुद जगतमा गरेको असाधारण नेतृत्व, उत्कृष्ट प्रदर्शन र खेलकुदमा समर्पित भई नेपाललाई चिनाएको भन्दै सम्मान गरेको हो । न्यू योर्कमा आयोजित कार्यक्रममा नेपाली समूदायका विभिन्न संघ संस्थाका प्रतिनिधीहरु, पत्रकार, खेलप्रेमी तथा कप्तान किरण चेम्जोङका समर्थक , सुभेच्छुकहरूको उपस्थितिमा सम्मान गरिएको हो।कप्तान तथा गोलकिपर चेम्जोङलाई राष्ट्रको गौरब र एक असाधारण गोलकिपरको रुपमा परिचित छन् । फिफा वल्र्ड कप २०२६ चलिरहेको वेला अध्ययन भ्रमण तथा नेप्लिज अमेरिकन कन्भेनसन (न्याक)को आयोजनामा अमेरिकाको विभिन्न राज्यहरूमा भएको खेलमा विशेष उपस्थितिको लागि कप्तान चेम्जोङ अमेरिका आएको हो । कप्तान चेम्जोङ न्याकको ब्राण्ड एम्बास्डर समेत हुन् । कार्यक्रममा बोल्दै कप्तान चेम्जोङले फुटबल खेलले नै आफुलाई देशको लागि फुटबल खेलेर नै आफनो नाम स्थापित गर्न सकेको भन्दै यो अवसर प्राप्त गरेको बताए । उनले भने, म जहाँ छु आज, त्यो फुटबलले गर्दा नै भएको हो, फुटबलले गर्दा नै तपाइहरुबीच चिनजान गरी आफ्नो अनुभव सुनाउने आवसर पाएको हो, आइ एम ब्लेस्ड फर द्याट, म एकदमै खुशी छु। साथै कप्तान चेम्जोङले सम्मानको लागि आयोजक तथा खेलप्रमी तथा शुभेच्छुक सहभागीहरुलाई धेरै धेरै धन्यवाद ब्यक्त गर्दछु । कप्तान चेम्जोङ राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी १०० खेलमा आफ्नो खेल प्रदर्शन गरी सकेका छन् ।
थाक्थाकु माबोहाङ चेम्जोङ वंश उत्थान संघ अमेरिका शाखाका अध्यक्ष बुद्ध चेम्जोङले सम्मान पत्र प्रदान गर्दै कप्तान चेम्जोङको उज्वल भविष्यको कामना गरे । अध्यक्ष चेम्जोङले स्वदेशकै लागि केही गर्ने सोच राखेकोमा खुशी व्यक्त गर्दै नयाँ युवाहरुलाई पनि समेट्ने खाल्को एकेडेमी सञ्चालन गर्न सुझाव दिंदै सहयोग गर्नुपरेमा आफुहरु तयार रहेको बताए ।
सम्मान कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ अमेरिका ( फिप्ना) का अध्यक्ष एपी लामा, निवर्तमान अध्यक्ष तोरण गुरूङ, विश्व शेर्पा महासंघका महासचिव आङजाङबु शेर्पा, किराँत याक्थुङ चुम्लुङ अमेरीकाका अध्यक्ष पुरन लिम्बू, किरात राई एसोसिएशन अमेरीका अध्यक्ष सम्भु राई, पत्रकार मच्छे गुरूङ लगायतले कप्तान चेम्जोङले नेपालमा खेलकुद पुर्वाधार कमजोर भएर पनि फुटबल मार्फत नेपाललाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाएकोमा प्रशंसा गर्दै शुभकामना व्यक्त गरे । कार्यक्रममा फिप्नाका पूर्व अध्यक्ष लोक चेम्जोङ, फिप्नाका महासचिव सुमन थाम्सुहाङ, जनसम्पर्क समितिका पूर्व महासचिव मुनिन्द्र नेम्बाङ, युनाइटेड शेर्पा एशोशिएसन शेर्पा किदुगका पूर्व अध्यक्ष उर्गेन शेर्पा, एनआरएनए अमेरिकाका सचिव लक्ष्मी थापा लगायत विभिन्न समाजसेवी तथा युवाहरूले खादा लगाई सम्मान तथा शुभकामना व्यक्त गरेका थिए । 





प्रतिक्रिया