न्यू योर्क। धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी निर्वाचित भएका छन् । जुन १४ मा न्यू योर्कको ज्याक्सनहाइटमा अवस्थित ह्वाइट हलमा भएको समाजको चौथो महाधिवेशनले आगामी कार्यकाल (२०२६–२०२८) का लागि हिमाल सागर अधिकारीको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत चयन गरेको हो। त्यस्तै वरिष्ठ उपाध्यक्षमा राज गुरुङ, उपाध्यक्षमा राम मल्ल ठकुरी, महासचिवमा हरि गिरी सचिवमा बलराम श्रेष्ठ (रमन) चयन भएका छन् । त्यसैगरी कोषाध्यक्षमा एलन तामाङ, सहकोषाध्यक्षमा रामचन्द्र उप्रेती चुनिएका छन् । कार्यसमिपत सदस्यहरूमा अमिर तामाङ, अर्जुन बोगटी, बिबेक बज्राचार्य, दिनेश नहर्की, किसान अधिकारी, मनिराम भट्ट, नवीन रिजाल, राजकुमार श्रेष्ठ, रेशम अधिकारी, सन्दिप धरेल, श्रीराम खतिवडा, देवेन्द्र गिरी चयन भएका छन् ।
निर्वाचन सम्पन्न गराउनका लागि रामहरि अधिकारीको नेतृत्वमा दिवाकर पाण्डे र कुलप्रसाद (राजन) गौली सम्मिलित ३ सदस्यीय निर्वाचन समिति गठन गरेको थियो । समितिले संस्थाको हित र सुदृढीकरणलाई मध्येनजर गर्दै सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको हो । अमेरिकामा बसोबास गर्ने धादिङवासीहरुलाई जोड्दै सामाजिक तथा मानविय सेवामा संस्था समर्पित छ।




प्रतिक्रिया