न्यू योर्क । न्यू योर्कका बसोबास गर्दै आएका नेपाली महिलाहरुको समूहले नेपाली लेडिज नाइट २०२६ आयोजना गर्दैछ। न्यू योर्क र आसपासमा रहेका नेपाली महिलाहरुलाई एकतावद्ध गरी महिलाहरुको शशक्तिकरण गर्न र सबै महिलाहरुलाई एकै ठाउँमा ल्याउने उद्धेश्यले जुन २० मा लेडिज नाइट २०२६ आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ। क्वीन्सको गुल्सन टेरेशमा हुने लेडिज नाइट २०२६ ८औं संस्करण हो । यो कार्यक्रमले विभिन्न समुदाय र पेशामा आवद्ध रहेर न्यू योर्क, न्यूजर्सी र आसपासका क्षेत्रमा काम गरिरहेका सम्पूर्ण महिलाहरुलाई एउटै स्थानमा ल्याउने छ । साथै महिला दिदीबहिनीहरुबीच आपसी सम्बन्ध र सञ्जाल निर्माण गरी एक अर्कालाई सहयोग पुरयाउने आयोजकको अपेक्षा छ।
आयोजकका अनुसार महिलाहरुलाई एकजुट भई महिला अधिकार र महिला शशक्तिकरणका लागि यो कार्यक्रमले सहयोग पु्याउने छ । लेडिज नाइट कार्यक्रममा यस बर्ष हाइ स्कुल तथा युनिभर्सिटीबाट ग्रायजुएट भएका छोरीहरुलाई सम्मान गर्ने कार्यक्रम छ । कार्यक्रममा सम्पूर्ण महिला दिदीबहिनीहरुलाई आफ्ना ग्रायजुएट भएका छोरीहरुलाई उपस्थित गराउन र प्रोत्साहन गर्न आयोजकले अनुरोध गरेको छ । ग्राजुएट भएका छोरीहरुलाई कम्प्लिमेन्टरी इन्ट्रीको व्यवस्था गरेको छ । लेडिज नाइटका आयोजकले विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएको छ । नेपालमा भएका प्राकृतिक विपत्ति बाढी पहिरो पीडितलाई सहयोग तथा समस्यामा परेका महिला तथा बालबालिकाहरुलाई आर्थिक सहयोग गर्दै आएको आयोजकले जनाएको छ। कार्यक्रम साँझ ७ बजेदेखि रातको २ बजेसम्म हुने छ । कार्यक्रममा सहभागी हुनका लागि टिकटको व्यवस्था गरिएको छ । १६ बर्षभन्दा माथिका महिलाहरु कार्यक्रममा सहभागी हुन सक्नेछन्। कार्यक्रममा सहभागी हुनका लागि टिकटको व्यवस्था गरिएको छ । टिकटको मुल्य ७० डलर तोकिएको छ। कार्यक्रमलाई हाम्रो आमा, ओमन फर कज र नेपालिज्मडटकमले सहयोग गरेको छ ।




प्रतिक्रिया