न्यू योर्क। व्यवसाय गर्ने त परैको कुरा अमेरिकामा स्थायी बसोबास होला भन्ने कल्पना समेत थिएन । तर समय क्रममा आज न्यूयोर्कको क्वीन्समा सफल मात्र हैन उत्कृष्ट व्यवसायी नै बनेकी छन् बिमला हमाल श्रेष्ठ । कडा मेहनत र इमानपूर्वक काम गर्यो भने भगवानले पनि हेर्छ भन्ने विश्वास बोक्ने बिमलाले क्वीन्सको ज्याक्सन हाइटमा नेपाली भान्साघर रेष्टुरेन्ट सञ्चान गरेकी छिन् । जहाँ उनले नेपाली परिकारका स्वाद विश्वका विभिन्न देशका खाना पारखीहरुसामु पस्किरहेका छन् ।
५८ बर्षिया हमाल ७ दिनै रेष्टुरेन्टमै भेटिन्छिन् । भन्छिन्, “म दैनिक १७,१८ घण्टासम्म काम गर्छु, मलाई थकाई भन्ने नै लाग्दैन” । हुन पनि उनी संधै उत्तिकै फुर्तिलो र हँसिलो देखिन्छन् । नेपाली महिला बिमला हमालले सञ्चालन गरेको नेपाली भान्छाघर न्यू योर्क टाइम्सको सन् २०२६ को उत्कृष्ट १०० रेस्टुरेन्टको सूचीमा परेको छ । यो सफलतापछि झनै काम गर्ने जाँगर बढेको उनी बताउँछिन् । न्यूयोर्क सिटीभरका रेष्टुरन्टमा नेपाली भान्छाघर २०२६ को उत्कृष्ट १०० को सूचीमा परेपछि अहिले नेपाली समुदाय समेत खुशी छन् । उनको सफलता उनको मात्र नभएर समग्र समुदायले अपनत्व महसुस गरेको छ । हमालले व्यापार मात्र गरेका छैनन, विश्व बजारमा नेपाली खानाको प्रवद्र्धन गर्दै सामाजिक सेवा समेत गर्दै आएकी छन्। विश्व प्रसिद्ध पत्रिका न्यू योर्क टाइम्सको छनौटमा उत्कृष्ट सय रेस्टुरेन्टमा पर्न सफल भएपछि न्यू योर्क राज्यका सिनेटर जेसिका रामोसले समेत बधाई तथा शुभकामना दिएका छन् ।
सन् २००८ अप्रिलमा अमेरिका आउँदा बिमलालाई व्यापार गर्छु भन्ने लागेको थिएन तर समय र परिस्थितिले उनी सन् २०१५ बाट रेष्टुरेन्ट व्यवसायमा होमिन् । १० बर्षमा नै बिमलाले नसोचेको सफलता प्राप्त गर्ला भनेर त झन कल्पनासमेत गरेकी थिइन। उनै संघर्षशील महिला व्यवसायी बिमला हमालको संघर्ष र सफलतासँगै चुनौतीका बारेमा एनवाइसीनेपालन्युजडटकमका सम्पादक मच्छेदेवी गुरुङले गर्नुभएको कुराकानीको सम्पादित अंश ।



प्रतिक्रिया