१४ वैशाख २०८३, सोमबार
Mon, Apr 27, 2026
SUBSCRIPTION

रात्रीभोज गोलीकाण्डः आक्रमण राष्ट्रपति ट्रम्प लक्षित रहेको प्रारम्भिक अनुमान, अनुसन्धान जारी

न्यूयोर्क टाइम्सका अनुसार कार्यवाहक महान्यायाधिवक्ता टोड ब्लान्सले बताए अनुसार राष्ट्रपति ट्रम्प सम्भावित निशाना थिए र प्रशासनका अन्य सदस्यहरू पनि लक्ष्य हुन सक्थे। ब्लान्सले अनुसन्धान अझै प्रारम्भिक चरणमै रहेको समेत बताएका छन्। संधिग्द आक्रमणकारी ३१ वर्षीय पुरुष क्यालिफोर्निया निवासी रहेको र उनीबाट हमलाका क्रममा चक्कुहरू, एउटा शटगन र एउटा ह्यान्डगन बरामद गरिएको छ।
रात्रीभोज गोलीकाण्डः आक्रमण राष्ट्रपति ट्रम्प लक्षित रहेको प्रारम्भिक अनुमान, अनुसन्धान जारी

न्यूयोर्क । राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी डिनर कार्यक्रममा गोली चलाउने संधीग्द व्यक्तिले राष्ट्रपति ट्रम्पलाई नै लक्षित गरी आक्रमण गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा बुझिएको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

न्यूयोर्क टाइम्सका अनुसार कार्यवाहक महान्यायाधिवक्ता टोड ब्लान्सले बताए अनुसार राष्ट्रपति ट्रम्प सम्भावित निशाना थिए र प्रशासनका अन्य सदस्यहरू पनि लक्ष्य हुन सक्थे। ब्लान्सले अनुसन्धान अझै प्रारम्भिक चरणमै रहेको समेत बताएका छन्। संधिग्द आक्रमणकारी ३१ वर्षीय पुरुष क्यालिफोर्निया निवासी रहेको र उनीबाट हमलाका क्रममा चक्कुहरू, एउटा शटगन र एउटा ह्यान्डगन बरामद गरिएको छ। 
गोलीकाण्डको उद्देश्यबारे भने अनुसन्धान जारी रहेको अमेरिकी अधिकारीहरूले बताएका छन् । ब्लाञ्चका अनुसार घटनाको उद्देश्यबारे अन्तिम निष्कर्षमा पुग्न अझै समय लाग्नेछ, किनकि अनुसन्धान प्रारम्भिक चरणमै छ। महान्यायाधिवक्ता टोड ब्लान्सले प्रमाण संकलन जारी रहेको र हालसम्म प्राप्त जानकारीले राष्ट्रपति र प्रशासनका अधिकारीहरू सम्भावित लक्ष्य भएको संकेत दिएको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ ।


राष्ट्रपति ट्रम्पले फक्स टिभिसँग कुरा गर्दै संदिग्ध व्यक्तिले “घोषणापत्र” जस्तो दस्तावेज लेखेको बताएका छन्, तर त्यसबारे थप विवरण दिएका छैनन्।
ब्लाञ्चले पनि अनुसन्धानकर्ताहरूले केही लिखित सामग्री फेला पारेका छन्, तर त्यसको विश्लेषणपछि हमलाकारीको वास्तविक उद्देश्यबारे धारणा परिवर्तन हुन सक्ने बताएका छन्।
शनिबार राती गोली चलेपछि सुरक्षा अधिकारीहरुले राष्ट्रपति ट्रम्पलाई तत्काल मञ्चबाट हटाएर सुरक्षित स्थानमा लगेका थिए। ट्रम्पलाई कुनै चोटपटक लागेको छैन।

घटनापछि अमेरिकामा राजनीतिक हिंसा, राष्ट्रपतिको सुरक्षा व्यवस्था र सार्वजनिक कार्यक्रमहरूको सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ। संघीय निकायहरूले अहिले संदिग्धको उद्देश्य, तयारी र सम्भावित सहयोगीबारे विस्तृत अनुसन्धान गरिरहेका छन्।कार्यक्रममा राष्ट्रपति ट्रम्प, प्रथम महिला, उपराष्ट्रपति जेडी भान्स, मन्त्रीहरू तथा सयौं पत्रकारहरू उपस्थित थिए। गोली चलेपछि सुरक्षा अधिकारीहरूले तत्काल राष्ट्रपतिलाई कार्यक्रमस्थलबाट बाहिर निकालेका थिए । प्रत्यक्षदर्शीका अनुसार चारवटा गोली चलेको र गोलीबाट सेक्रेट एजेन्टका एक अधिकारीलाई लागेपनि उनलाई ठूलो चोट नलागेको जनाइएको छ । 
घटनापछि राजधानीकै सबैभन्दा सुरक्षित मानिने कार्यक्रममा कसरी सशस्त्र व्यक्ति नजिक पुग्न सफल भयो भन्ने प्रश्न उठेको छ। रिपोर्टअनुसार होटलको मुख्य प्रवेशद्वारमा मेटल डिटेक्टर राखिएको थिएन भने कडा सुरक्षा घेरा बलरूम नजिक मात्र बनाइएको थियो। 


यो घटनाले ट्रम्पमाथि पहिले भएका सुरक्षा खतराहरूलाई फेरि सम्झाएको छ। सन् २०२४ मा पेन्सिलभेनियामा चुनावी सभाका क्रममा उनीमाथि हत्या प्रयास भएको थियो, जसमा गोलीले उनको कान छोएको थियो। त्यसपछि गतवर्ष ल्फोरिडास्थित गल्फ क्लबमा पनि सशस्त्र व्यक्तिबाट खतरा उत्पन्न भएको थियो।

प्रतिक्रिया