न्यू योर्क। नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को १०औं महाधिवेशनले सर्बसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको छ। क्वीन्सको ज्याक्सन हाइटमा आइतबार भएको अधिवेशनले एपी (पासाङ) लामा शेर्पाको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो। एपी शेर्पा संघका अध्यक्ष समेत हुन्। महाधिवेशनले बरिष्ठ उपाध्यक्षमा किराँत राई सोसाइटी अफ अमेरिकाका शम्भु राई, क्षेत्रिय उपाध्यक्षमा तामाङ सोसाइटी अफ अमेरिकाका राजु तामाङ तथा महासचिवमा किरात याक्थुङ चुम्लुङ अमेरिकाका डम्बर बहादुर (सुमन थाम्सुहाङ) लिम्बुलाई सर्बसम्मत चयन गरेको छ । यसै गरी सह–कोषाध्यक्षमा ढोक्प्या किदुग युएसएका कर्मा शेर्पा, कार्यसमिति सदस्यमा घ्याल्सुम्दो सेवा संस्थाका ओम (विजय) गुरुङ, किरात याक्थुङ चुम्लुङ अमेरिकाका हरि जगेबु, नेवा गुठी न्यू योर्कका भुपेन्द्र बज्राचार्य, र द गुरुङ (तमु) सोसाइटी इंक युएसएका करुणा गुरुङलाई सर्बसम्मत रुपमा चयन गरेको छ।
फिप्नाले १०औं राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न ३ सदस्यीय निर्वाचन समिति गठन गरेको थियो । समितिमा प्रमुख निर्वाचन आयुक्त नविन शेरचन र निर्वाचन आयुक्तहरुमा मच्छेदेवी गुरुङ र सौमेन्द्र रञ्जित रहेका थिए । निर्वाचन समितिले निर्विरोध नयाँ कार्यसमिति घोषणा गरेपछि समितिका आयुक्त मच्छेदेवी गुरुङले नवनिर्वाचित कार्यसमितिका सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । फिप्नाले हाल खाली रहेको कार्यसमितिको महिला उपाध्यक्ष, क्षेत्रिय उपाध्यक्ष, कोषाध्यक्ष र दुई वटा सचिव पछि मनोनयन गर्ने जनाएको छ।
फिप्नाको उद्घाटन सत्र फिप्नाका सभामुख भारती राई र अध्यक्ष तोरण गुरुङले पानसमा संयुक्त रुपमा द्धिप प्रज्वलन गरेर उद्घाटन गरेका थिए । उद्घाटन सत्र कार्यक्रम महासचिव दिपक चौधरीले सञ्चालन गरेका थिए। सभामुख राई किरात राई सोसाइटी अफ अमेरिकाकी केन्द्रीय अध्यक्ष समेत हुन्। नव निर्वाचित अध्यक्ष शेर्पाले फिप्नामा नयाँ कार्यसमिति सदस्यहरुलाई बधाइ दिदैं आफुलाई सर्वसम्मत रुपमा निर्वाचित गरेकोमा सम्पूर्ण सदस्य संस्थाहरु तथा निर्वाचन समितिलाई धन्यवाद ज्ञापन गरे । आफुले कुरा भन्दा काम गरेर देखाउने नव निर्वाचित अध्यक्ष शेर्पाको भनाइ छ । उनले नेपाल डे परेड २०२६ नेपाली संस्कार, संस्कृति र हेरिटेजको सेलिबे्रट गर्ने भएकोले सबैलाई उपस्थित हुन अनुरोध गरेका छन् ।





प्रतिक्रिया