१३ जेठ २०८३, बुधबार
Wed, May 27, 2026
SUBSCRIPTION

अमेरिकाबाट ३५ नेपाली एकैपटक डिपोर्ट

अमेरिकाबाट ३५ नेपाली एकैपटक डिपोर्ट

काठमाडौँ, २८ चैत । अमेरिकाले चार्टर विमानमार्फत ३५ जना नेपाली नागरिकलाई एकैपटक नेपाल फर्काएको छ। 

अनलाइनखबरले विमानस्थल अध्यागमन कार्यालयलाई उद्घृत गर्दै जनाएअनुसार उनीहरू गत ७ अप्रिलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्।

समाचार अनुसार विमानस्थल अध्यागमन कार्यालयका प्रमुख नरहरी घिमिरेले डिपोर्ट गरिएकामध्ये १२ जना अवैध रूपमा अमेरिका प्रवेश गरेको र २ जना विद्यार्थी भिसामा रहेका बताएका छन। बाँकीलाई विभिन्न अध्यागमन नियम उल्लंघन गरेको आरोपमा नियन्त्रणमा लिएर फिर्ता पठाइएको हो।

राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा आएपछि अमेरिकाले नियम विपरीत बसोबास गर्ने तथा भिसा सर्त उल्लंघन गर्नेहरूलाई पक्राउ गरी स्वदेश फर्काउने प्रक्रिया तीव्र बनाएको छ। उनले आप्रवासी विरुद्ध “मास डिपोर्टेसन” अभियान चलाएका छन।

पछिल्लो दुई महिनामै अमेरिकाबाट २०० भन्दा बढी नेपाली डिपोर्ट भइसकेका छन्।अमेरिकी प्रशासनले अपराधिक पृष्ठभूमिका, भिसा अवधि नाघेर बस्ने, प्रक्रिया पूरा नगरी प्रवेश गर्ने तथा कानुनी मापदण्ड पालना नगर्नेहरूलाई प्राथमिकतामा राखेर नियन्त्रणमा लिने र आफ्नै देश फर्काउने नीति कडाइका साथ लागू गरिरहेको दाबी गरेको छ। तर त्यसमा निर्दोष आप्रवासी र अमेरिकी नागरिक परेको भन्दै ट्रम्प प्रशासनको कडा आलोचना भइरहको छ।

प्रतिक्रिया