१३ चैत २०८२, शुक्रबार
Fri, Mar 27, 2026
SUBSCRIPTION

अमेरिकी डलरमा अब राष्ट्रपति डोनाल्ड ट्रम्मको हस्ताक्षर राखिने

मेरिका स्थापनाको २५०औँ वार्षिकोत्सवको सम्मानमा यो निर्णय गरिएको ट्रेजरी विभागले जनाएको छ । अमेरिकी डलरमा ट्रेजरी सचिव र ट्रेजररको हस्ताक्षर रहने चलन छ । राष्ट्रपतिको हस्ताक्षर राखेपछि ट्रेजररको हस्ताक्षर प्रतिस्थापन हुने बताइएको छ ।
अमेरिकी डलरमा अब राष्ट्रपति डोनाल्ड ट्रम्मको हस्ताक्षर राखिने


न्यूयोर्क । अमेरिकी डलरमा राष्ट्रपति डोनाल्ड ट्रम्मको हस्ताक्षर राखिने भएको छ । 
ट्रेजरी विभागका अनुसार राष्ट्रपति ट्रम्मको हस्ताक्षर यसै वर्षको अन्त्यतिरबाट डलर नोटहरूमा समावेश गरिने जनाइएको छ । अमेरिकी मुद्राको इतिहासमै पहिलो पटक राष्ट्रपतिको हस्ताक्षर राखिन लागेको विभागले जनाएको छ । 
अमेरिका स्थापनाको २५०औँ वार्षिकोत्सवको सम्मानमा यो निर्णय गरिएको ट्रेजरी विभागले जनाएको छ । अमेरिकी डलरमा ट्रेजरी सचिव र ट्रेजररको हस्ताक्षर रहने चलन छ । राष्ट्रपतिको हस्ताक्षर राखेपछि ट्रेजररको हस्ताक्षर प्रतिस्थापन हुने बताइएको छ । 
यस निर्णयसँगै, ट्रम्प आफ्नो कार्यकालमै अमेरिकी मुद्रामा हस्ताक्षर देखिने पहिलो राष्ट्रपति बन्नेछन् । “हाम्रो महान देश र राष्ट्रपति डोनाल्ड जे. ट्रम्पका ऐतिहासिक उपलब्धिहरूलाई सम्मान गर्ने सबैभन्दा प्रभावकारी तरिका भनेको अमेरिकी डलर नोटमा उहाँको नाम राख्नु हो, र यो २५०औँ वार्षिकोत्सवमा यस्तो ऐतिहासिक मुद्रा जारी हुनु उपयुक्त छ।” ट्रेजरी सेक्रेटरी स्कट बेसेन्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

 

प्रतिक्रिया