एजुकेसन ग्लोबल सिनेट ग्रान्ट समितिले नेपालका शैक्षिक संस्थाहरू (विद्यालयहरू) लाई वर्ष २०२६ को अनुदान चक्रका लागि अनुदान प्रस्ताव पेस गर्न आव्हान गरेको छ । ग्रान्ट समितिले मार्च ३१ सम्म प्रस्ताव बुझाउन विज्ञप्ती मार्फत आव्हान गरेको हो ।
सबै प्रस्तावहरू अनुदान प्रस्ताव निर्देशिका र अनुदान आवेदन टेम्प्लेट अनुसार तयार गरी पेश गर्नु पर्ने उल्लेख छ । ती दस्ताबेजहरू एजुकेसन ग्लोबल सिनेटको वेबसाइटमा उपलब्ध रहेको जनाइएको छ ।
https://educationglobalsenate.org/grants/
प्रस्तावहरू समता ग्लोबल सिनेटको वेबसाइटमा गएर अनलाइनमार्फत पेस गर्न सकिने उल्लेख गरिएको छ । प्रस्तावहरू समता ग्लोबल सिनेटको वेबसाइट सबमिशन (Submission) पोर्टल मार्फत अनिवार्य रूपमा पेस गर्नुपर्ने छ । प्रस्तावनाका लागि विस्तृत निर्देशनहरू र आवश्यक उपकरणहरू वेबसाइटमा उपलब्ध छ। https://docs.google.com/forms/d/e/1FAIpQLSf0HYMjQKUivjnpnl_TPDKaVD9LUHePm4NKka_JM4D3cs6F-w/viewform
त्यसैगरी, अनलाइन सबमिशन गर्न नसकेको अवस्थामा समता सिनेट ग्रान्ट समितिका अध्यक्षलाई प्रत्यक्ष इमेल मार्फत goupreti@gmail.com मा पनि प्रस्ताव पठाउन सकिने समितिका सदस्य सचिव डा. विष्णु जोशीले जानकारी दिए । ग्रान्ट समितिले सबै शैक्षिक संस्थाहरूलाई आवश्यक कागजातहरूसहित राम्ररी तयार पारिएको प्रस्ताव पेस गर्न प्रोत्साहन गरेको छ । प्रस्ताव छनौट समितिले प्राप्त प्रस्तावहरु अध्ययन गरी २ वटा विद्यालयलाई ४, ४ लाखको दरले अनुदान उपलब्ध गराउने समितिले जनाएको छ ।
गत बर्ष कर्णाली प्रदेशबाट बझाङको बाल विकास स्कुल र वागमति प्रदेशबाट लक्ष्मी प्रतिष्ठान काभे्रले अनुदान प्राप्त गरेको थियो।




प्रतिक्रिया