१३ चैत २०८२, शुक्रबार
Fri, Mar 27, 2026
SUBSCRIPTION

मुक्कुमलुङको आवाजः आन्दोलनको दस्तावेज

मुक्कुमलुङको आवाजः आन्दोलनको दस्तावेज

काठमाण्डौ। मुक्कुमलुङको आवाजः आन्दोलनको दस्तावेज बनेको वृत्तचित्रको प्रिमियर शो मण्डला थिएरमा सम्पन्न भएको पाथिभरा भनेर चिनिने मुक्कुमलुङ केवल एउटा धार्मिक स्थल मात्र होइन, यो लिम्बु आदिवासी समुदायको आस्था, इतिहास पहिचानसँग गाँसिएको भूमि हो। यही भूमिमा निर्माणाधीन केबलकार परियोजनाले जन्माएको विवाद त्यसविरुद्ध उठेको आन्दोलनलाई केन्द्रमा राखेर तयार पारिएको वृत्तचित्रमुक्कुमलुङहरु : आदिवासीको आस्थामाथि आक्रमणले मुक्कुमलुङ आन्दोलनको कथा दृश्य माध्यममार्फत प्रस्तुत गरेको छ।

सोमबार मन्डला नाटक घरमा सम्पन्न पहिलो प्रदर्शनमा वृत्तचित्रले दर्शकलाई मुक्कुमलुङको धार्मिक तथा सांस्कृतिक महत्वसँगै आदिवासी समुदायको अपनत्वसम्म पुर्याउँछ। करिब एक घन्टा लामो वृत्तचित्रमा केबलकार निर्माणले निम्त्याउन सक्ने वातावरणीय असर, जीवजन्तु वनस्पतिमाथि पर्ने प्रभावका साथै सरकारी नीतिप्रति उठाइएका प्रश्नहरूलाई समेटिएको छ। वृत्तचित्र प्रदर्शन कार्यक्रममा बोल्ने क्रममा लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले वृत्तचित्रलेभाषा, संस्कृति इतिहास दमित गरिएको समुदायको आन्दोलनको कथा बोलेकोउल्लेख गरे साहित्यकार संग्रौलाका भने, यो वृत्तचित्र केवल दृश्य सामग्री नभई इतिहासको साक्षी पनि हो।

किरात राई यायोख्याका उपाध्यक्ष युवराज राईले संविधानमा आदिवासी अधिकारका सकारात्मक प्रावधान भए पनि व्यवहारमा त्यसको कार्यान्वयन कमजोर रहेको अनुभव सुनाए। उनले राज्य आदिवासी समुदायबीचको दूरीलाई वृत्तचित्रले स्पष्ट रूपमा देखाएको बताए।

त्यसैगरी, किरात याक्थुङ चुम्लुङका महासचिव निरन्ती तुम्बापोले दस्तावेजीकरण आफैंमा प्रमाण हुने उल्लेख गर्दै यस्ता वृत्तचित्रहरूले संरक्षणविरोधी सोच परिवर्तन गर्न सक्ने आशा व्यक्त गरे। शो हेर्नका लागि आदिवासी जनजातिको क्षेत्रमा कार्यरत अधिकारकर्मीहरु, साहित्यकार, पत्रकार लगायतको बाक्लो उपस्थिति रहेको थियो  

वृत्तचित्रको निर्माण रबिनकुमार नाल्वो जीवनप्रकाश शेर्माले गरेका हुन् वृत्तचित्रमा मच्छेदेवी गुरुङको सहनिर्देशन तथा भानु बोखिमको निर्देशन रहेको छ।

प्रतिक्रिया