१३ चैत २०८२, शुक्रबार
Fri, Mar 27, 2026
SUBSCRIPTION

वृत्तचित्र मुक्कुमलुङहरू : आदिवासीको आस्थामा आक्रमण माघ १२ गते सोमबार मण्डला थिएटरमा प्रदर्शन हुँदै

वृत्तचित्र मुक्कुमलुङहरू : आदिवासीको आस्थामा आक्रमण माघ १२ गते सोमबार मण्डला थिएटरमा प्रदर्शन हुँदै

काठमाण्डौ। आदिवासी जनजातिको आस्थामाथिको आक्रमणको बिषयमा निर्माण गरिएको मुक्कुमलुङहरू ः आदिवासीको आस्थामा आक्रमण यही सोमबार (माघ १२ गते) काठमाण्डौको मण्डला थिएटरमा पहिलो प्रर्दशनी हुँदैछ । लिम्बु जातिहरुको आस्थाको धरोहर मुक्कुमलुङहरू : आदिवासीको आस्थामा भईरहेको आक्रमण र दमनको बिषयलाई केन्द्रित गरेर बनाइएको वृत्तचित्र हो ।

विकासको नाममा आदिवासीहरुको आस्थामाथि भइरहेको प्रहार र त्यसले समुदायलाई परेको पीडा, अन्याय र मौन आवाजलाई दृश्यमा उतार्ने प्रयास स्वरूप हामीले ‘मुक्कुमलुङहरू : आदिवासीको आस्थामा आक्रमण’ शीर्षकको वृत्तचित्र निर्माण गरेको निर्देशक भानु बोखिमले जानकारी दिए ।

आदिवासीहरूको आस्था केवल विश्वास मात्र होइन, त्यो उनीहरूको इतिहास, संस्कार, पहिचान, जीवनपद्धति र आदिवासी समुदायको आत्मा हो भन्ने कुरालाई उजागर गर्न खोजिएको सहायक निर्देशक मच्छेदेवी गुरुङले जानकारी दिए । वृत्तचित्रमा मुक्कुमलुङ मात्र होइन, आदिवासी समुदायका पवित्र स्थलहरूमा भइरहेका अतिक्रमण, हस्तक्षेप र त्यसले पारेको गहिरो असरलाई इमानदारीका साथ प्रस्तुत गर्ने कोशिष गरेका छौं निर्देशक तथा पत्रकार बोखिमले भने ।

यो वृत्तचित्र केवल एउटा फिल्म होइन, यो आदिवासीहरूको अस्तित्व, आस्था र अधिकारको पक्षमा उठाइएको एक शशक्त आवाज भएकाले आदिवासीहरूको आस्थामा भइरहेको आक्रमण रोक्न भएका प्रयासहरूमा ऐक्यवद्धता जनाउन र अन्यायविरुद्ध उभिन सहनिर्देशक गुरुङले अनुरोध गरेको छ । वृत्तचित्र रबिन कुमार नाल्बो र जीवन कुमार शेर्माले निर्माण गरेको हो ।

वृत्तचित्र  सोमबार दिउँसो २:३० बजेदेखि मण्डला थिएटरमा प्रदर्शन हुने छ ।

प्रतिक्रिया