१५ माघ २०८२, बुधबार
Wed, Jan 28, 2026
SUBSCRIPTION

शेर्पा संघ अमेरिकाद्धारा उज्यालोको नायक कुलमानसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

शेर्पा संघ अमेरिकाद्धारा उज्यालोको नायक कुलमानसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

 

न्यू योर्क। शेर्पा संघ अमेरिकाले नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा उज्यालो नेपाल अभियानका अभियन्ता कुलमान घिसिङसँग अन्तक्र्रिया कार्यक्रम गरेको छ। प्राधिकरणका पूर्व कार्यकारी निर्देशक घिसिङले नेपाली समुदायसँग आफ्नो ३० वर्षको सार्वजनिक सेवाको अनुभव, भविष्यका योजना देशको आर्थिक रूपान्तरणबारे धारणा राखेका थिए। उज्यालो अभियानका क्रममा घिसिङले अमेरिकामा १०, १२ वटा कार्यक्रममा भाग लिइसकेको जानकारी दिदै कार्यक्रममा नेपालीहरुको महत्वपूर्ण उपस्थिति रहेको नेपालीहरुको साथ पाएको बताए प्राधिकरणबाट बाहिरिएपछि घिसिङले ग्रासरुटदेखि उच्चस्तरका व्यक्तिहरूसँग भेटघाट गर्दै नेपालीहरुसँग प्रत्यक्ष भेट गरी देशलाई सम्वृद्ध बनाउनका लागि विभिन्न देशको यात्रामा रहेको बताए गल्फका देश भ्रमण सम्पन्न गरिसकेको जानकारी दिदैं घिसिङले भने, विदेशमा आएर स्वदेशको चिन्ता गरिरहेका नेपालीहरूलाई धन्यवाद दिन चाहन्छु। 

नेपाल सरकारले मलाई बर्खास्त गरे पनि देश विदेशमा रहेको नेपाली जनताले माया विश्वास देखाए, त्यसैले अझै केही गर्नुपर्ने दृढ निश्चयका साथउज्यालो नेपालअभियान सुरु गरेको हुँ, उज्यालो अभियानका अभियन्ता घिसिङले भने  

उज्यालोका नायकका नामले परिचित घिसिङले नेपाललाई सम्भावनाको देश बनाउनु आफ्नो  लक्ष्य भएको बताउँदै भने, नेपालमा जुन किसिमको आर्थिक रूपान्तरणको लागि नेतृत्व चाहिन्छ, अहिले त्यस्तो छैन, राइट म्यान, राइट प्लेस राइट टाइम हुनुपर्छ  

कार्यक्रममा उपस्थित धर्म गरूहरु खेन्पो पेम छिरिङ शेर्पा खेन्पो ङवाङ चोण्डु लामा शेर्पाले उज्यालो नेपाल अभियान सफलताको लागि मोन्लम गरि शुभकामना व्यक्त गरे। शेर्पा संघ अमेरिकाको सल्लाहकार संरक्षक विभिन्न संघसंस्था प्रतिनिधि, पत्रकार, कलाकार तथा नेपाली समुदायका सदस्यहरूले उज्यालो नेपाल अभियान सफलताको लागि सल्लाह सुझाव शुभकामना व्यक्त गरेका थिए सहभागीहरुको उज्यालो अभियानलाई प्रवासबाट कसरी सहयोग गर्न सकिन्छ भन्ने लगायतका जिज्ञासा राखेका थिए

अभियन्ता घिसिङले जनतालाई कुनै पनि हालतमा घात नगर्ने, संविधानभित्र रहेर अगाडि बढ्ने सही नेतृत्वले अहिलेको चुनौतीलाई व्यवस्थापन गर्न सकिने बताए  

कार्यक्रमको सञ्चालन  एनआरएनए न्यू योर्क च्याप्टरको कार्यवाहक अध्यक्ष तथा संघका महासचिव छिरिङ शेर्पाले गरेको थिए संघका अध्यक्ष पासाङ दोर्जी शेर्पा .पी. लामाले अन्तरक्रिया केवल एउटा भेटघाट मात्र होइन, यो हाम्रो भविष्यको सोच निर्माणको अवसर भएको बताए नेपाली जनता देशको परिस्थितिबाट  निराश भएको अवस्थामा अब आउने उज्यालो नेपालले कुनै पनि राजनीतिक दलहरूसँग टकराव नगरिकन लोकतन्त्र गणतन्त्र पद्धतिभित्र रहेर समस्त देश विकास जनताको आवाजलाई समन्वय गरी अगाडि बढ्न सल्लाह सुझाव तथा शुभकामना दिए। 

शेर्पा संघ अमेरिका अमेरिका अमेरिकामा बसोबास गरेका शेर्पा समुदाय लगायत सम्पूर्ण नेपाली समुदायको हकहित अधिकारको लागि सधैँ तयार रहेको शेर्पाको भनाइ छ। 

 

प्रतिक्रिया