१५ माघ २०८२, बुधबार
Wed, Jan 28, 2026
SUBSCRIPTION

पूर्ण राई एण्ड दाजुभाइहरुले अगष्ट १६ मा न्यू योर्कको मेलरोजमा प्रस्तुति गर्दै

पूर्ण राई एण्ड दाजुभाइहरुले न्यू योर्कसहित अमेरिकाको १० वटा शहरहरुमा प्रस्तुति गर्दैछन् ।
पूर्ण राई एण्ड दाजुभाइहरुले अगष्ट १६ मा न्यू योर्कको मेलरोजमा प्रस्तुति गर्दै

 

न्यू योर्क। पूर्ण राई एण्ड दाजुभाइहरुले अमेरिकाको न्यू योर्कमा प्रस्तुति दिदैछन् । ठमेल एनवाइसी इभेन्ट्सको आयोजनामा अगष्ट १६ तारिख न्यू योर्कको मेलरोज बलरुममा पूर्ण राई एण्ड दाजुभाइहरुले प्रस्तुति दिन लागेको हो । नेपाली गीत संगीतलाई प्रवद्र्धन गर्दै अन्तराष्ट्रिस्तरमा प्रस्तुत गरेर  नेपाली गीत संगीतप्रेमीहरुलाई मनोरञ्जन दिनको लागि पूर्ण राई एण्ड दाजुभाइहरुको प्रस्तुति आयोजना गर्न लागेको आयोजक लेलिन कँडेलले जानकारी दिए । झण्डै १५ सय जनाको क्षमता भएको हलमा हुन लागेको पूर्ण राई एण्ड दाजुभाइहरुको प्रस्तुति शुरु हुनुअघि अनुपमा र दिवस गुरुङ एण्ड व्याण्डले ओपनिङमा प्रस्तुति दिदैछन्। पूर्ण राई एण्ड दाजुभाइहरुको युएस टुरको पार्टनर ठमेल एनवाइसी इभेन्ट्स हो। पूर्ण राई एण्ड दाजुभाइहरुले न्यू योर्कसहित अमेरिकाको १० वटा शहरहरुमा प्रस्तुति गर्दैछन् । अगष्ट १ मा टेक्सासको ड्यालसबाट पूर्ण राई एण्ड दाजुभाइहरुले प्रस्तुति शुरु गरेको हो । पूर्ण राई एण्ड दाजुभाइहरुले अष्टिन, सानफ्रान्सिस्को, सिनसिनाटीमा आफ्नो प्रस्तुति दिईसकेका छन् । न्यू योर्कपछि उनीहरु ह्यारिसवर्गमा प्रस्तुति दिने छन् । त्यसपछि, उनीहरुले कोलोराडो, पिट्सवर्ग, नर्थक्यारोलिन र अन्त्यमा सेप्टेम्बर ६ मा युटामा अन्तिम प्रस्तुति दिनेछन् । पूर्ण राई एण्ड दाजुभाइहरुको तिम्रो माया उनान्सय लगायतका गीत लोकप्रिय छन् । पूर्ण राई एण्ड दाजुभाइहरुको प्रस्तुतिमा २१ बर्ष पुगेकाहरु सहभागी हुन सक्नेछन् । टिकट अनलाइनमार्फत र ज्याक्सन हाइटका विभिन्न नेपाली स्टोरहरुबाट लिन सक्ने छ । जनरल टिकटको मुल्य ८० डलर र भिआइपी टिकटको मुल्य १२५ डलर तोकिएको आयोजकले जनाएको छ। ठमेल एनवाइसी इभेन्ट्सले नेपाली गीत संगीतको प्रवद्र्धन र अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यले विभिन्न कार्यक्रम गर्दै आएको छ । बेलुकी १० बजे शुरु हने सो बिहान ४ बजे सम्म चल्ने छ सो पछि डिजेको प्रस्तुति हुने छ। ठमेल एनवाइसी इभेन्ट्सले सुशाान्त केसी, सज्जनराज वैद्य, जोन राई, द एलिमेन्ट्स व्याण्ड लगायत चर्चित गायकहरुको सो गरिसकेको छ ।

प्रतिक्रिया