१८ जेठ २०८३, सोमबार
Mon, Jun 1, 2026
SUBSCRIPTION

न्युयोर्कमा पहिलो पटक नेपाली फेसन एक्सप्रेसन कार्यक्रम सम्पन्न

न्युयोर्कमा पहिलो पटक नेपाली फेसन एक्सप्रेसन कार्यक्रम सम्पन्न

 

न्युयोर्क। नेपाली भेषभुषा, कला, संस्कृति उत्पादन समेटेर जुन २९ आईतवार साँझ नेपाली फेसन एक्सप्रेसनको आयोजना गरिएको

विश्वकै फेसनहव मानिने अमेरीकाको न्युयोर्कको ज्याक्सनहाईट्समा पहिलो पटक नेपाली भेषभुषा, कला, संस्कृति उत्पादनलाई फेशनमार्फत वृहत प्रदर्शनी एवं फेसन मेला आयोजना गरिएको हो  

विविध जातजाति भाषाभाषीका समुदायमा २७ प्रकारका पौराणिक देखी आधुनिक पहिरनका साथ मोडलहरु र्याम्पमा संगीतको तालमा हिंडदा दर्शकको ताली ह्विसेलले हल गुन्जायमान भएको थियो। 

ईभेन्टका पे्रसीडेन्ट चर्चित फेसन कोरियोग्राफर, नायक तथा मोडल प्रशान्त ताम्राकारले एकै स्थलमा नेपालको विभिन्न कला झल्कने फेसन मेला तथा प्रदर्शनी गर्न पाउँदा खुशी लागेको बताए कार्यक्रममार्फत नेपाल नेपालीलाई विश्वभर चिनाउने आफ्नो उद्देश्य ताम्राकारको भनाइ

कार्यक्रम संयोजक सुर्य सिंखडाले विभिन्न बिधामा प्रदर्शन गरीएको कार्यक्रम अमेरिकामै ऐतिहासिक एवं भव्य रुपमा सफल गर्न पाएकोमा खुशी व्यक्त गरे कार्यक्रममा नेपाली समुदायमा समाजसेवी तथा फेशनप्रेमी युवाहरु सहभागी थिए  

नेपालको मेचीदेखी महाकाली हिमालदेखी तराईसम्म छरीएर रहेका सबै जातजाती भेषभुसा झल्काउने २७ जना भन्दा बढी पुरुष महिला मोडलहरुले स्टेजमा प्रदर्शन गरेका थिए। कार्यक्रम सफल पार्न योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गर्नुका साथै बिबिध नृत्य संगीतप्रस्तुत गरिएको थियो साँझ बजेदेखी शुरु भएको कार्यक्रम रातीको १२ बजे सम्म चलेको थियो  

 

प्रतिक्रिया