२१ कात्तिक २०८२, बिहिबार
Thu, Nov 6, 2025
SUBSCRIPTION

केआरएसए न्यु योर्क च्याप्टरमा नयाँ नेतृत्व

केआरएसए न्यु योर्क च्याप्टरमा नयाँ नेतृत्व

न्यु योर्क। किरात राई सोसाइटी अफ अमेरिका (केआरएसए) न्यु योर्क च्याप्टरमा नयाँ नेतृत्व चयन भएको छ। च्याप्टरको जुन १ मा भएको सातौं अधिवेशनले शम्भु राईको अध्यक्षतामा ९ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो।

केआरएसए न्यु योर्क च्याप्टरको उपाध्यक्षमा खुशी राई, सचिवमा रोसमान राई र कोषाध्यक्षमा मेघनाथ राई छन्। त्यस्तै च्याप्टरको सदस्यहरुमा सर्मिला राई, योगनद्र राई, डिल्ली राई, मनिषा राई र अभिषेक राई सर्वसम्मत चुनिएका छन्। कूल ११ सदस्य रहने कार्यसमितिले दुई जना सदस्य मनोनयन गर्ने ब्यबस्था छ। 

अधिवेशनको औपचारिक समारोहमा केआरएसएका केन्द्रिय प्रतिनीधि, पूर्व पदाधिकारी र सल्लाहकारहरुले केआरएसएको इतिहास र अमेरिकामा रहेका किरात राई समुदायको संस्कार, संस्कृति संरक्षण तथा सम्बद्र्धनमा यसले खेलेको भुमिकाबारे प्रकाश पारेका थिए। उक्त समारोहमा किरात याक्थुङ चुम्लुङ (किराया) अमेरिकाका नवनिर्वाचित अध्यक्ष पुरण लिम्बूले अधिवेशनको सफलताको शुभकामना दिँदै किराया अमेरिका केआरएसएसँग हातेमालो गरेर अघि बढ्न सदैव तयार रहेको बताए। 

अधिवेशनको खुला सत्रमा केआरएसए न्यु योर्क च्याप्टरका निवर्तमान सचिव विजय राईले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यस्तै निवर्तमान कोषाध्यक्ष सिके चाम्लिङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। अधिवेशनले दुवै प्रतिवेदनमा छलफल गरी सर्वसम्मत रुपमा पारित गरेको थियो। 

प्रतिक्रिया