०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

मगर संघ अमेरिका न्यूयोर्क च्याप्टरको अध्यक्षमा रत्न सिङ गर्बुजा

मगर संघ अमेरिका न्यूयोर्क च्याप्टरको अध्यक्षमा रत्न सिङ  गर्बुजा

 

न्यू योर्क। मगर संघ अमेरिका न्यूयोर्क च्याप्टरको पाँचौ अधिवेशनले रत्न सिङ गर्बुजाको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।  न्यू योर्कको ज्याकसन हाईटमा अवस्थित हिमालयन करी हाउमा भएको अधिवेशनले आईतवार सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो कार्यसमितिको कार्यकाल बर्षको रहने छ।

बरिष्ठ उपाध्यक्षमा टेक मिलन पुन मगर, उपाध्यक्षमा गगन थापा मगर, महिला उपाध्यक्षमा प्रेमा घर्ति मगर, सचिवमा दिलिप श्रीष मगर चयन भएका छन् त्यस्तै, सहसचिवमा दिपेन्द्र आले मगर, महिला सचिवमा माया पुन मगर, कोषाध्यक्षमा निरोज पुलामी मगर, सहकोषाध्यक्षमा स्मृति बुढामगर चयन भएका छन्। सदस्यहरुमा सन पुन मगर, सुरेश पुन मगर, शिरू पुन मगर, युवराज घर्ति मगर किरण बुढा मगर, याम बहादुर पुन मगर सर्वसम्मत चयन भएका छन्  

कार्यक्रमको उद्घाटन मगर संघ अमेरिकाका केन्द्रिय अध्यक्ष याम पुन मगर, मगर संघ अमेरिकाका पूर्व अध्यक्ष कुलदिप राना मगर मगर संघ अमेरिका न्यूयोर्क च्याप्टरका  अध्यक्ष अमृत रोका मगरले संयुक्त रुपमा दिप प्रज्वलन गरेर संस्थापक स्व. अध्यक्ष हेम बहादुर पुन मगर प्रथम सहिद लखन थापा मगरलाई खादा ओढाएर गरेका थिए। 

कार्यक्रमको समापन निर्वाचन समिति संयोजक केन्द्रिय मगर संघ अमेरिकाका याम पुन मगर, निर्वाचन समिति सदस्य मगर संघ अमेरिकाका पूर्व अध्यक्ष कुलदिप राना मगर निर्वाचन सदस्य याम कुमारी मगरले संघको म्याण्डेट नयाँ कार्य समितिलाई हस्तान्तरण गरेका थिए  

 

प्रतिक्रिया