न्यु योर्क। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले न्यु जर्सीका चार सिटी विरुद्ध मुद्दा हाल्ने भएको छ। ती सिटीहरुले आप्रवासन कानून कार्यान्वयनमा वाधा उत्पन्न गरेको भन्दै ट्रम्प प्रशासन अन्तर्गत रहेको जस्टिस डिपार्टमेन्टले मुद्दा हाल्ने तयारी गरेको हो।
ती सिटीमा नेवार्क, होबोकेन, जर्सी सिटी र प्याटर्सन छन्। ती सिटीले अपनाएको ‘स्याङ्चुअरी’ नीतिका कारण ट्रम्प प्रशासनलाई ‘अवैध’ आप्रवासी देश निकाला गर्ने अभियानमा पूर्ण सहयोग मिलेको छैन।
जस्टिस डिपार्टमेन्टको अभियोगपत्रमा ती सिटीहरुले अवैध आप्रवासी हटाउने अभियानमा सङ्घीय अधिकारीहरू माथि वाधा पैदा गरेको उल्लेख छ। जस्टिस डिपार्टमेन्टले नेवार्कका मेयर रास बाराका, होबोकेनका मेयर रवि भल्ला, जर्सी सिटीका मेयर स्टिभन फुलोप, प्याटर्सनका मेयर आन्द्रे साएग र यी चारै सिटीका सिटी काउन्सिललाई विपक्षी बनाएको छ।





प्रतिक्रिया