०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

क्यानडाले पनि अमेरिकालाई कर लगाउने

क्यानडाले पनि अमेरिकालाई कर लगाउने

न्यू योर्क। क्यानडाले अमेरिकालाई झण्डै २१ अर्ब डलर कर लगाउने भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले  फलाम र स्टीलमा २५ प्रतिशत कर कार्यान्वयन ल्याए लगत्तै क्यानडाले अमेरिकामाथि कर लगाउने घोषणा गरेको हो।

ट्रम्प प्रशासनले बुधबारदेखि अमेरिका आयात हुने फलाम र स्टिलमा २५ प्रतिशत कर लगाउन सुरु गरेको थियो। त्यसप्रति असन्तुष्टि जनाउँदै क्यानडाले २० दशमलव ७ अर्ब डलर कर लगाउने घोषणा गरेको एपीन्यूजले जनाएको छ। क्यानडाका एक उच्च अधिकृतको हवाला दिँदै एपीन्यूजले अमेरिकी सामग्रीमाथि कर लगाउने तयार भइरहेको जनाएको छ।

क्यानडाले कर लगाए अमेरिकी शेयर बजार र क्रिप्टोकरेन्सी थप ओह्रालो लाग्ने अपेक्षा गरिएको छ। ट्रम्पले अमेरिका आयात हुने सामाग्रीमा कर लगाउने घोषणा गरेपछि अमेरिकी शेयर बजार ओह्रालो लाग्न सुरु गरेको थियो।
 

 

प्रतिक्रिया