०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

‘हिमाल जोगाऔं, पृथ्वी बचाऔं’ अन्तर्क्रिया सम्पन्न

‘हिमाल जोगाऔं, पृथ्वी बचाऔं’ अन्तर्क्रिया सम्पन्न

न्यूयोर्क — पर्वते खेलकुद संघ न्यूयोर्क (अल्पाइन स्पोर्ट्स् एसोसियसन) र साथसाथ संस्थाले ‘हिमाल जोगाऔं, पृथ्वी बचाऔं’ विषायक एक विशेष अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।

न्यू योर्कमा आयोजित कार्यक्रमका प्रमुख अतिथि प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, वरिष्ठ पत्रकार बबिता बस्नेत, नेपाल पत्रकार महासंघकी उपाध्यक्ष नीतु पण्डित, नेपाल टेलिभिजनकी वरिष्ठ पत्रकार अनिता बिन्दु, रेडियो कान्तिपुरकी सञ्चारकर्मी कमला पन्थी, मदन पुरस्कार विजेता साहित्यकार तथा लेखक नीलम कार्की निहारिका, साथसाथ संस्थाकी प्रमुख प्रजिता कार्की लगायतलाई पर्वतिय खेलकुद संघ न्यूयोर्कका सल्लाहकार तथा शेर्पा किदुगका अध्यक्ष तेम्बा शेर्पाले स्वागत गरेका थिए।

कार्यक्रम संघका महासचिव सन्जोग आचार्यले गरेका थिए। कार्यक्रममा वँक्ताहरूले पृथ्वीको वातावरणीय सन्तुलन कायम राख्न तथा नेपालको हिमालको संरक्षण गर्न आवश्यक पहल गर्नुपर्ने विषयमा आफ्ना विचार व्यक्त गरेका थिए।

साथसाथै  संस्थाकी प्रमुख प्रजिता कार्कीले नेपालमा दिगो पर्यटन विकास तथा हिमाली क्षेत्रको प्रवर्द्धनका लागि समुदायस्तरबाट अगाडि बढ्नुपर्ने बताएकी थिइन्। उनले नेपालको हिमाल विश्व सम्पदाका धरोहर भएकाले तिनको संरक्षण र प्रवर्द्धनमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिइन्।

वक्ताहरूले नेपालको हिमाल जलवायु परिवर्तनका कारण संकटमा परिरहेको भन्दै, तिनको दीर्घकालीन संरक्षणका लागि अन्तर्राष्ट्रिय स्तरबाट समेत पहल गर्नुपर्नेमा जोड दिएका थिए। साथै, नेपालमा पर्यटन प्रवर्द्धन गरी स्थानीय समुदायको आर्थिक उन्नति र हिमाली क्षेत्रको दीर्घकालीन संरक्षणमा सबै एकजुट भएर काम गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

 

प्रतिक्रिया