०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

वरिष्ठ गायिका इन्दिरा गोलेको उपचारको लागि तामाङ सोसाइटी अफ अमेरिकाद्धारा सहयोग प्रदान

ललितपुर हरिसिद्दिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचाररत लोकप्रिय गायिका इन्दिरा गोलेको उपचारका लागि न्युयोर्कमा बसोबास गर्ने तामाङ समुदायबाट संकलित ४ हजार ९९९ डलर सोसाइटीका अध्यक्ष बुद्धिमान तामाङले ललितपुर हरिसिद्दिस्थित अस्पतालमा नै पुगेर हस्तान्तरण गरेको हो ।
वरिष्ठ गायिका इन्दिरा गोलेको उपचारको लागि तामाङ सोसाइटी अफ अमेरिकाद्धारा सहयोग प्रदान

 

 
काठमाडौं । वरिष्ठ सेलो गायिका इन्दिरा गोलेको क्यान्सर उपचारका लागि तामाङ सोसाइटी अफ अमेरिकाले करिब ५ हजार डलर सहयोग गरेको छ । ललितपुर हरिसिद्दिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचाररत लोकप्रिय गायिका इन्दिरा गोलेको उपचारका लागि न्युयोर्कमा बसोबास गर्ने तामाङ समुदायबाट संकलित ४ हजार ९९९ डलर सोसाइटीका अध्यक्ष बुद्धिमान तामाङले ललितपुर हरिसिद्दिस्थित अस्पतालमा नै पुगेर हस्तान्तरण गरेको हो । अस्पतालमा पुगेर उनले वरिष्ठ गायिका गोलेको शिघ्र स्वास्थ्य लाभको कामना गरेका थिए । 

तामाङ समुदायमाझ अत्यन्त लोकप्रिय गायिका गोले विगत दुई वर्षदेखि क्यान्सर रोगसंग लडिरहेका छन् । उपचारका क्रममा आर्थिक अभाव भएको भन्दै नेपाल तामाङ कलाकार संघले सहयोगको अपिल गरे अनुरुप तामाङ सोसाइर्टी अफ अमेरिकाले सहयोग गरेको सोसाइटीले जनाएको छ । सोसाइटीका अध्यक्ष तामाङले सबै सहयोगीहरुमा धन्यवाद दिदै आगमी दिनमा पनि वरिष्ठ गायिका गोलेको उपचारमा सहयोग गरिने बताएका छन् ।  

उनको उपचारमा आर्थिक अभाव भएको भन्दै नेपाल तामाङ कलाकार संघको संयोजनमा विभिन्न तामाङ कला र संगीत सम्बद्ध संघसंस्थाहरुले “इन्दिरा गोले बचाउ अभियान” सन्चालन गरेका छन् । अभियानले एक विज्ञप्ति जारी गर्दै बिस्वभरी छरिएर रहेका सेलो संगीतप्रेमी मनहरुलाई आफुले सकेको आर्थिक सहयोग गर्न समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया