न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अमेरिकासंग खनिज सम्झौतामा आउन तयार भएको जानकारी गराएका छन् । मंगलबार राती संसदको संयुक्त बैठकलाई सम्बोधनका क्रममा ट्रप्मले यस्तो जानकारी गराएका हुन् । रसिया र युक्रेनवीचको युद्दविरामको प्रक्रिया शुरु गर्न अमेरिकासंग हुन लागेको मिनिरल डिल्समा आउन तयार रहेको पत्र आफुलाई मंगलबार दिउसो प्राप्त भएको राष्ट्रपति ट्रम्पले बैठकमा जानकारी गराएका हुन् ।
युक्रेन सकेसम्म चाँडो वार्तामा आउन तयार देखिएको छ उनले भनेका छन । युक्रेनलाई भन्दा बढी शान्ति अरु कसैलाई पनि नचाहिएको पत्रमा जेलेन्स्कीले उल्लेख गरेको पनि ट्रम्पले बताए । छन । गत शुक्रबार ओभलमा भएको वार्ता तनावपूर्ण अन्त्य भएको थियो ।
रुस युक्रेनको युद्दमा ३५० विलियन डलर खर्च गरिसकेको छ । हप्तामा दुई हजार भन्दा बढी मान्छे मारिरहेको यो युद्द अत्य गर्न काम भइरहेको छ, रुससंग पनि कुराकानी भइरहेको छ, राष्ट्रपति ट्रम्पले भनेका छन् ।
अमेरिका र युक्रेनवीच खनिज सम्झौताका लागि गतसाता अमेरिका आएका युक्रेनका राष्ट्रपति जेलेन्स्की र ट्रम्पवीच ह्वाइट हाउसमा भएको वार्ता तनाबपूर्ण भएपछि जेलेन्स्की त्यतिकै स्वदेश फर्किका थिए । अमेरिका र युक्रेनवीचको तनाब लगतै बेलायत सहीत युरोपियन युनियन राष्ट्रहरुको भेलामा रुससंगको युद्दका लागि युरोपेली देशहरुले पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएपनि अमेरिकासंग सम्बन्ध सौहाद्र्धपूर्ण बनाउनु पर्ने सबै देशका प्रतिनिधिहरुले बताएका थिए ।
वार्ता तनाबपूर्ण अन्त्य लगतै अमेरिकाले दिदै आएको सैन्य सहायता स्थगनको घोषणा गरेको थियो । सैन्य सहायता नै रोकेपछि भने युक्रेन थप झस्किएको हो । अमेरिकी विदेशमन्त्रीले वार्तालाई तनावपूर्ण बनाएको भन्दै जेलेन्स्कीले माफी माग्नु पर्ने बताउदै आएका थिए ।




प्रतिक्रिया