न्यू योर्क । राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो शासनको डेढ महिने अवधिमा अमेरिकी इतिहासमै सबैभन्दा उत्कृष्ट कामहरु भएको दावी गर्दै अमेरिकामा सुनौलो दिन शुरु भइसकेको बताएका छन् । मंगलबार राती ह्वाइट हाउसको ओभल हलमा संसदको दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले आफ्नो अमेरिका फस्र्टको नीति लागु भइसकेको र पदभार ग्रहण गरे लगतै जारी भएका करिब चार सय कार्यकारी आदेशहरुले अब कानूनको रुप हासिल गर्ने बताए । सम्बोधनका क्रममा करिब डेढ महिने कार्यकालमा गरेका सबै कामहरुलाई एतिहासिक भन्दै चर्चा गरेका ट्रम्पले बोलिरहदा विपक्षी डेमोक्रेटिक सांसदहरुले भने “फल्स”, “मस्क स्टिल” “सेभ मेडिकेड” आदि लेखेका ल्पेकार्ड प्रदर्शन गरेका थिए ।
दक्षिणी सीमामा इमर्जेन्सी लगाउदै शुरु भएको सुरक्षा योजनाले हाल सम्मकै सबैभन्दा कम व्यक्ति मात्र अबैध रुपमा सीमा प्रवेश गरेको ट्रम्पको भनाई थियो । बाइडेन प्रशासनको बेला लाखौको संख्यामा आएकोमा अहिले पहिलो महिनामा नै इतिहासिक सुधार भएको छ, उनले भने । विश्व स्वास्थ्य संगठनलाई दिदै आएको अनुदान रद्दा गरेको, जलवायु परिवर्तनको अनुदान रोक्का गरेको, सबै संघीय कर्मचारीलाई काममा फर्काएको, अंग्रेजीलाई सरकारी भाषालाई अमेरिकाको औपचारिक भाषा बनाएको, गल्फ अफ मेक्स्किोलाई गल्फ अफ अमेरिका बनाएको, ट्रान्स जेन्डरको अवधारणा खारेज गरेको, रेस र जेन्डरको आधारमा नहुने समावेशीतालाई हटाएको लगायतका कामहरु एतिहासिक रहेको राष्ट्रपति ट्रम्पले बताए ।
अमेरिकी अर्थतन्त्रलाई रेस्क्यु गरेको दावी गर्दै अहिले बजार भाउ घटेको जिकीर उनको थियो । मेक अमेरिका अफोर्डेभल अगेन शुरु भएको छ, जो बाइडेनको पालमा अण्डाको भाउ अनियन्त्रीत थियो, अहिले सस्तो भएको छ, राष्ट्रपति ट्रम्पले भने । नेश्नल इनर्जी इमर्जेन्सी पहिलो दिनमा नै घोषणा गरी ड्रिल बेबी ड्रील शुरु भएको चर्चा गर्दै संसारकै सबैभन्दा ठूलाो पाइप लाइन आलस्कामा बन्दै गरेको जानकारी दिए ।
डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी “डज” स्थापना गरेर सयौं विलियन डलर खर्च हुनबाट बचाएको तर्क गर्दै सो विभागमा बसेर एलन मस्कले महत्पूर्ण योगदान दिइरहेको भन्दै उनेको प्रसंशा गरे । अब कर्मचारी तन्त्रबाट शासन गर्ने दिनको अन्त्य भएको ट्रम्पको भनाई थियो । आफ्नो चारवर्षे कार्यकालमा अमेरिकालाई अझै माथि लाने प्रतिबद्धता दोहोर्याउदै मंगल ग्रहभन्दा अझै टाढा अमेरिकाको झण्डा फहराउने ट्रम्पको भनाई थियो । अमेरिकी जनताका लागि हरदिन लड्न आफु तयार रहेको भन्दै अमेरिकमा सुनौले दिन शुरु भइसकेको ट्रम्पले बताए ।
राष्ट्रपति ट्रम्पले आफ्नो कार्यकालको शुरुमै ठूलो उपलब्धि भएको चर्चा संसदमा गरिरहदा हरेक शब्दमा रिपब्लिकन सांसदहरुले उठेर ताली बजाउदै चिच्याएका थिए । यता विपक्षी डेमोक्रेटिक सांसदहरुले भने आफ्नो यथास्थानमै बसेर “फल्स”, “मस्क स्टिल” “सेभ मेडिकेड” आदि लेखेको प्लेकार्डहरु प्रदर्शन गरेका थिए । डोमोक्रेटिकका एकजना साँसदलेभने उठेर विरोध गरेको भन्दै संसद बैठकबाट निकालेको थियो । टेक्सासका डेमोक्रेटि साँसद अल ग्रीनलाई राष्ट्रपति ट्रम्पको सम्बोधनको समयमा उठेर विरोध गरेपछि बैठकबाट निकालिएको छ । उनलाई बस्न सभामुख माइक जोन्सनले आग्रह गरेपनि मेडिकेड खारेज गर्ने अधिकार राष्ट्रपतिलाई छैन भन्द उनले लगतार विरोध गरेपछि हाउस चेम्बरबाट मर्यादापालक लगाएर हटाइयको हो ।
सभामुख जोन्सनले शुरुमा ग्रीनलाई बस्न आग्रह गरेका र लगत शिष्टाचारको उल्लङ्घन गरेको भन्दै चेम्बरबाट बाहिर बाहिरा निकाल्न बैठकको सुरक्षा अधिकारीलाई आदेश दिएका थिए । अमेरिकी संसदको बैठकमा विरोध गरेकै आधारमा यसअघिका घटनाहरुमा भने साँसदलाई बाहिर निकाल्ने नगरेको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ ।
संसद बैठकबाट बाहिर निकालिएका सांसद अल ग्रीन ।
रिपब्लिकन प्रतिनिधिहरू मर्जोरी टेलर ग्रीन र लौरेन बोएबर्टले २०२२ मा पूर्व राष्ट्रपति जोसेफ बिडेनको स्टेट अफ द युनियन भाषणको समयमा पटक–पटक अवरोध गरेका थिए, जब बिडेनले दक्षिणी सिमानालाई सुरक्षित गर्ने बारे कुरा गर्दा विपक्षी साँसदले नारा लगाए पनि उनीहरूलाई चेम्बरबाट बाहिर निकालिएको थिएन ।




प्रतिक्रिया