२१ कात्तिक २०८२, बिहिबार
Thu, Nov 6, 2025
SUBSCRIPTION

तेस्रो पारुहाङ साँझ ‘भव्यता’ का साथ सम्पन्न

तेस्रो पारुहाङ साँझ ‘भव्यता’ का साथ सम्पन्न

टेक्सास। किरात राई सोसाइटी अफ अमेरिका (केआरएसए) टेक्सास च्याप्टरले तेस्रो पारुहाङ साँझ सम्पन्न गरेको छ। आयोजकले तेस्रो पारुहाङ साँझभव्यताका साथ सम्पन्न बताएका छन्।

केआरएसएस टेक्सास च्याप्टरले चर्चित हास्य कलाकार विल्सन बिक्रम राई (तक्मे बूढा) लाई नेपालबाट निम्तो गरेको थियो। कार्यक्रमका मुख्य आकर्षण तक्मे बूढाले करिब एक घण्टा हलमा हाँसोको फोहोरा छुटाएका थिए। कार्यक्रम भूमे पूजाबाट सुरु गरिएको थियो।हामी किरात राई प्रकृति पूजक भएकाले सुरुमा भूमे पूजा गर्‍ यौं,’ कार्यक्रमका सभापति तथा केआरएसए टेक्सास च्याप्टरका अध्यक्ष दिलिप राईले भने। भूमे पूजा मूल ढोले विश्व राई सिलिमाङ्पा सुरेन्द्र राई सिलिमाङ्मा रुपा राईको अगुवाइमा भएको थियो। भूमे पूजा भने कार्यक्रम हल बाहिर आयोजना गरिएको थियो।

कार्यक्रमको दोस्रो चरणमा स्थानीय किरात राई कलाकारले किरात राई संस्कारसंस्कृति झल्काउने कार्यक्रम गरेका थिए। त्यसमा साकेला नृत्यका अतिरिक्त सांस्कृतिक नाचगान समावेश थियो।किरात राईहरूको संस्कारसंस्कृति प्रबर्द्धन गर्न नयाँ पुस्तमा जानकारी गराउन यो सांस्कृतिक कार्यक्रम आयोजना गरेका हौँ,’ केआरएसए केन्द्रीय उपाध्यक्ष समेत रहेका दिलिप राईले खुसी व्यक्त गर्दै भने, ‘कार्यक्रम सौहार्दपूर्ण वातावरणमा भव्य सभ्य रुपमा सम्पन्न भयो।कार्यक्रमको तेस्रो चरणमा तक्मे बूढाले हँसाएका थिए भने चौथो चरणमाडिजे नाइट डान्स पार्टीचलेको थियो।

केआरएसए टेक्सास च्याप्टरले २०२२ देखि हरेक वर्ष किरात राईहरूको नयाँ वर्ष उँधौली पर्व मनाउन पारुहाङ साँझ आयोजना गर्दै आएको छ। यो पारुहाङ साँझको तेस्रो संस्करण हो। त्यस्तै, केआरएसए न्यू योर्क च्याप्टरले हरेक वर्ष सुम्निमा साँझ आयोजना गर्छ। यो वर्ष डिसेम्बर २४ मा केआरएसए न्यू योर्क च्याप्टरले १४ औं सुम्निमा साँझ आयोजना गरेको थियो।

पारुहाङ साँझमा सहभागी हुन केआरएसएका केन्द्रीय अध्यक्ष खगेन्द्र राई सहितको टोली टेक्सास पुगेको थियो। कार्यक्रममा प्रमुख अतिथि रहेका केन्द्रीय अध्यक्ष राईले किरात राई संस्कारसंस्कृति, उँधौली, उँभौली केआरएसएको इतिहासबारे प्रकाश पारेका थिए।

कार्यक्रमका विशेष अतिथि सिटी अफ युलेसका काउन्सिल मेम्बर तथा डेपुटी मेयर प्रो टेम (निमित्त उपमेयर) टिका पौडेलले समुदायको विकासका लागि आवश्यक पर्ने सहयोग गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरे। केन्द्रीय अध्यक्ष राई निमित्त उपमेयर पौडेलबीच किरात राई समुदायको संस्कारसंस्कृति प्रवर्द्धनलाई अमेरिकी सरकारको कार्यक्रमसँग कसरी जोड्न सकिन्छ अमेरिकी सरकारले कस्तो किसिमको सहयोग गर्न सक्छ भन्ने छलफल भएको थियो। 

त्यस्तै कार्यक्रमका अर्का विशेष अतिथि नेपाल सोसाइटी टेक्सास राजेन्द्र वाग्लेले केआरएसए टेक्सास च्याप्टरले नेपाली संस्कार संस्कृति जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेलेको बताए। उनले आगामी दिनमा आफ्नो संस्था केआरएसएसँग सहकार्य गर्न तयार रहेको वचनबद्धता पनि व्यक्त गरे।

कार्यक्रममा तामाङ सोसाइटी टेक्सासका अध्यक्ष कुमार लामा, मगर संघ टेक्साका अध्यक्ष भीम थापा, किरात याक्थुङ चुम्लुङ टेक्सासका अध्यक्ष तोङ्सा योङ्या, थारु समाज टेक्सास रामकुमार चौधरी, अमेरिकी मधेशी समाज रामबाबु गुप्ता, युनाइटेड नेवा युएसए अध्यक्ष योमेश श्रेष्ठ लगायतका संघसंस्थाका प्रतिनीधिको उपस्थिति थियो।  कार्यक्रममा करिब ३०० जना सहभागी थिए।

 

प्रतिक्रिया