अर्भिङ, टेक्सास। किरात राई सोसाइटी अफ अमेरिका (केआरएसए) टेक्सास च्याप्टरमा प्रदिप राईको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको छ।
टेक्सास च्याप्टरले आफ्ना सदस्यहरुको उपस्थितिमा सर्वसम्मत रुपमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। च्याप्टरको उपाध्यक्षमा डेलिन्द्र राई, सचिवमा मैना राई, सहसचिवमा रुपा राई, कोषाध्यक्षमा सकिला राई र सहकोषाध्यक्षमा एलिसा राई चयन भएका छन्। च्याप्टरको सदस्यहरूमा योगेन्द्र राई, ज्योतिराज राई, अनिता राई, भुपाल किरात, उषा राई, मौसम राई र युनिसा राई छन्।
अधिवेशन मार्च २२ मा अर्भिङस्थित बाजेको सेकुवा रेस्टुरेन्टमा आयोजना भएको थियो। अधिवेशनका लागि गठित निर्वाचन अयोगको संयोजन केआरएसए टेक्सास च्याप्टरकी सल्लाहकार निर्मला राईले गरेकी थिइन्। सदस्यहरूमा चन्द्रकुमार राई र प्रशान एलुङ राई थिए।
केआरएसए टेक्सास च्याप्टरका निवर्तमान अध्यक्ष दिलिप राईले टेक्सासमा बसोबास गर्ने किरात राई समुदायको बाक्लो उपस्थितिमा अधिवेशन सम्पन्न भएको बताए। उनले दिलिप राई र उनी नेतृत्वको नयाँ कार्यसमितिलाई बधाइ तथा सफल कार्यकालको शुभकामना दिए।
अधिवेशनमा नवनिर्वाचित उपाध्यक्ष डेलिन्द्र राईले केआरएसए टेक्सास च्याप्टरका लागि दैनिक एक डलर योगदान दिने घोषणा गरे। ‘राम्रो कामको सुरुवात भएको छ,’ निवर्तमान अध्यक्ष दिलिप राईले भने, ‘यसरी हामी सबै सदस्यहरुले केआरएसएका लागि दैनिक एक डलर दिने हो भने संस्था र समुदायका लागि ठूलो हीत हुन्छ।’








प्रतिक्रिया