०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

अधिकारद्वारा निःशुल्क ‘लिगल क्लिनिक’ सञ्चालन

अधिकारद्वारा निःशुल्क ‘लिगल क्लिनिक’ सञ्चालन

न्यू योर्क। आप्रवासी नेपाली भाषी समुदायको सामाजिक न्याय मानवअधिकारका लागि काम गर्दै आएको सामाजिक संस्था अधिकारले कानूनी परामर्श दिनलिगल क्लिनिकसञ्चालन गरेको छ। अमेरिका आएपनि कागजातमा समस्या रहेका विभिन्न कानूनी जटिलता रहेका आप्रवासीलाई परामर्श दिन अधिकारले डिसेम्बर मालिगल क्लिनिकसञ्चालन गरेको हो।

अधिकारले क्याथोलिक इमिग्रेसन सर्भिसेजसँग मिलेर प्रदान गरेको उक्त लिगल क्लिनिकमा अदालतमा मुद्धापेण्डिङमा रहेका, ‘डिपोर्टेसनको प्रक्रियामा रहेका, कानूनी रुपमा के गर्ने भन्ने अन्यौलमा रहेका विभिन्न कानूनी झमेला बेहोरिरहेका कम्तिमा डेढ दर्जन नेपाली भाषीलाई निःशुल्क कानूनी परामर्श प्रदान गरेको हो। कानूनी परामर्शपछि सहभागीहरुले अब चाल्नुपर्ने कदमबारे प्रष्ट भएको प्रतिक्रिया दिए।

क्याथोलिक इमिग्रेसन सर्भिसेजले कतिपय नेपाली भाषी सेवाग्राहीको मुद्धा मुल्यांकन गरेर निःशुल्क कानूनी सहायता प्रदान गर्नेछ। उसले वर्तमान ब्यबस्था अनुसार कानूनी बाटो पूर्ण रुपमा बन्द भइसकेका सेवाग्राहीका लागि समेत उपयुक्त दिएको छ।

अधिकारकी को एक्जेकेटिभ डाइरेक्टर नर्बदा क्षेत्रीले डिसेम्बरमा थप दुईवटा लिगल क्लिनिक सञ्चालन गरिने बताइन्।अहिलेको परिस्थितिमा नेपाली भाषी समुदायलाई कानूनी परामर्श प्रष्टता आवश्यक ,’ उनले भनिन्, ‘नेपाली भाषा समुदायले आवश्यक परेका बेला कानूनी परामर्श उलब्ध गराउँदै आएका छौं।

राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले चुनावी अभियानका क्रममा डेढ करोडदेखि दुई करोड आप्रवासीडिपोर्टेसनगर्ने अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिले ग्रीन कार्ड प्राप्त नगरिसकेका, खासगरी कागजातविहिन, वर्क परमिट नभएका डिपोर्टेसनको प्रक्रियामा रहेका आप्रवासी समुदाय चिन्तित छन्।

 

 

 

 

 

 

‘’

प्रतिक्रिया