०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

आइएमए कराते च्याम्पियनसिप प्रतियोगिता आयोजना, २५० वढी खेलाडि सहभागी

प्रतियोगितामा विभिन्न सातवटा देशबाट २५० भन्दा बढी खेलाडिहरुको सहभागीता रहेको आयोजक एवं निहोन कराते डोका प्रमुख प्रशिक्षक शिहान शान्त थोकरले जानकारी दिए ।
आइएमए कराते च्याम्पियनसिप प्रतियोगिता आयोजना, २५० वढी खेलाडि सहभागी

न्यू योर्क । न्युयोर्कको क्वीन्समा आइएमए कराते च्याम्पियनसिप प्रतियोगिता आयोजना भएको छ । क्वीन्सको पहिलो नेपाली कराते स्कुल आइएमए निहोन कराते डोको आयोजनामा भएको प्रतियोगिताको आइतबार गैरआवसीय नेपाली संघ अमेरिकाका महासचिव रामहरी अधिकारीले उद्घाटन गरेका छन् । 

प्रतियोगितामा विभिन्न सातवटा देशबाट २५० भन्दा बढी खेलाडिहरुको सहभागीता रहेको आयोजक एवं निहोन कराते डोका प्रमुख प्रशिक्षक शिहान शान्त थोकरले जानकारी दिए । प्रतियोगितामा अमेरिकाका विभिन्न राज्यहरुकासाथै क्यानाडा, भारत, अर्वेनिया, हंगेरी लगायतका देशका खेलाडिहरुको सहभागीता रहेको आयोजक थोकरले बताए । क्वीन्सको नरदनबुलेभर्डस्थित एल्मकोर सेन्टरको हलमा संचालन भएको प्रतियोगिता आइताबार विहान शुरु भएर दिनभरी संचालन हुनेछ । 

चारवटा खेलस्थलमा एकैपटक संचालन हुने प्रतिस्पर्धाका लागि नेपाली, नेपाली भाषी भुटानी र अन्य गरी ३५ जना रेफ्रीहरु सहभागी रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा ५ वर्षका बालबालिकादेखि ४५ वर्षसम्मका खेलाडिहरु सहभागी छन् । प्रतियोगितामा सहभागी विभिन्न कराते स्कुलबाट खेलाडिहरुसंगै अविभावक र समर्थकहरुको ठूलो संख्यामा उपस्थिति रहेको छ । प्रतिस्पर्धी खेलाडिका समर्थकहरुले आ–आफ्ना खेलाडिको पक्षमा हुटिङ गर्दा खेलस्थलमा खेलको रौनकता छाएको छ ।   


६६ वटा प्रतिस्पर्धाका लागि काता र कुमुतेतर्फ गरी १३२ वटा स्वर्ण पदकका लागि खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा उमेर समूहमा ५ वर्ष मुनीदेखि ४५ वर्षभन्दा माथिको गरी १० वटा उमेर समूहले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा १३२ स्वर्ण पदकसँगै १३२ रजत पदक र २६४ वटा काश्य पदक वितरण गरिने आयोजकले जनाएको छ । यसैगरी प्रतियोगितामा विभिन्न तीन विधामा ग्राण्ड च्याम्पियनसिप समेत प्रदान गरिने छ । ग्राण्ड च्याम्पियनसिपका तीन विजेताले १ हजार ४०० डलर नगद पुरस्कार हासिल गर्नेछन्। 

नेपाली कराते स्कुलले न्युयोर्कमा आयोजना गरेको यो पहिलो प्रतियोगिता हो । विगत १८ वर्षदेखि न्युयोर्कमा कराते स्कुल संचालन गर्दै आएका थोकरले हाल न्युयोर्कको क्वीन्सस्थित उडसाइड र फरेष्ट हिलमा इमा निहोन कराते डो संचालन गर्दै आएका छन् ।  

प्रतिक्रिया